महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्रा एण्ड महिन्द्राले थार रक्स भारतीय बजारमा लन्च गरेको छ । यो कम्पनीको सबैभन्दा लोकप्रिय एसयूभी थारको ५ डोर संस्करण हो । सो एसयूभीमा हालको ३ डोर थारको अफ रोड टेक्नोलोजी दिइएको छ ।

थार रक्समा नयाँ ६ स्लेट ग्रिल, एलईडी लाइटिङ सेटअप, १०.२५ इन्चको टचस्क्रिन, भेन्टिलेटेड फ्रन्ट सिट र अटो एसी जस्ता फिचर समावेश गरिएको छ । सेफ्टिका लागि नयाँ एसयूभीमा ६ वटा एयरब्याग,  ३६० डिग्री क्यामेरा सेटअप, टायर प्रेसर मनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र एडास जस्ता फिचर प्रदान गरिएको छ ।

थार रक्सको डिजाइनले थ्री-डोर थारको जस्तै बक्सी प्रोफाइलको छ । यद्यपि यसमा केही परिवर्तन गरिएको छ । सो एसयूभीमा सी आकारको एलईडी डीआरएलसहितको एलईडी हेडलाइट र नयाँ बडी कलर ६ स्लेट ग्रिल दिइएको छ । यसको फग लाइट र टर्न इन्डिकेटर ३ डोर थारको ठाउँमा भए पनि डिजाइन परिवर्तन गरिएको छ ।

साइड प्रोफाइलमा २ वटा अतिरिक्त ढोका जडान गरिएकव छ । पछाडिको ढोकाको ह्यान्डल सी-पिलरमा फिट गरिएको छ । यसमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, म्याट रूफ र प्यानोरामिक सनरुफ पनि दिइएको छ । कम्पनीले यसको तल्लो भेरिएन्टमा सिंगल पेन सनरुफ पनि उपलब्ध गराएको छ ।

यसको टेललाइटलाई सी-सेप दिइएको छ र पछाडि टेलगेट माउन्टेड स्पेयर ह्विल पनि दिइएको छ । यसको पछाडिको ग्लासमा वाइपर पनि लगाइएको छ, जुन ३ डोर थारमा पाइँदैन । पछाडिको झ्याल र पछाडिको ढोका पहिले जस्तै छुट्टाछुट्टै खोल्न मिल्छ ।

५ डोर थारमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ । साथै प्यानोरामिक सनरुफ, रियर एसी भेन्टसहित अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस फोन चार्जिङ र पुश बटन स्टार्ट/स्टपसहित कीलेस इन्ट्री जस्ता फिचर पनि उपलब्ध छ । सो एसयूभीको दोस्रो पङ्क्तिमा चाइल्ड आईएसओफिक्स एंकर सिट, फोल्ड गर्न मिल्ने सेन्टर आर्मरेस्ट, थ्री-पोइन्ट सिट बेल्ट र सबै यात्रुका लागि एड्जस्टेबल हेडरेस्ट उपलब्ध छ ।

सो एसयूभीको बेस पेट्रोल एमएक्सवन भेरिएन्टको मूल्य १२ लाख ९९ हजार बेस डिजेल मोडलको मूल्य १३ लाख ९९ हजार भारु राखिएको छ । नयाँ थार रक्सको मूल्य स्ट्यान्डर्ड भन्दा १ लाख ६४ हजार भारु महँगो छ । 

अन्य भेरिएन्टको मूल्य पनि छिट्टै सार्वजनिक गरिने छ । सो एसयूभीको बुकिङ सुरु भएको छ । यसको डेलिभरी अर्को महिना सुरु हुने अपेक्षा गरिएको छ। महिन्द्रा थार रक्सले ५ डोर फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...