महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राले नोभेम्बर २७ मा भारतको आयोजना हुने ‘स्क्रिम इलेक्ट्रिक’ कार्यक्रममा आफ्नो नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस पेश गर्ने भएको छ । कम्पनीले हालै जारी गरेको नयाँ टिजरमा सो गाडीको इन्टेरियरको झलक देखिएको छ।

टिजरका अनुसार एक्सईभी ९एसमा हरमन कार्डनको १४०० वाटको १६ स्पिकर अडियो सिस्टम दिइएको छ । सो सिस्टम महिन्द्राको एक्सईभी ९ई र बीई ६ मोडलमा पनि प्रयोग गरिएको छ । टिजररमा क्याबिनको डिजाइनमा प्रयोग भएका डोर प्याड, बटन लेआउट र सफ्ट-टच फिनिशमा विशेष ध्यान दिइएको देखाउँछ ।

एक्सईभी ९एस सात सिट भएको एसयूभी हो, जसमा स्लाइडिङ र रिक्लाइनिङ सिट समावेश छ । यसको भित्री भागमा तीनवटा ठूला डिजिटल डिस्प्ले ड्राइभर इन्फर्मेशन स्क्रीन, सेट्रल इन्फोटेनमेन्ट सिस्टम र प्यासेन्जर डिस्प्ले समावेश हुनेछ । साथै, फ्ल्याट-बटम स्टेयरिङ ह्विल, स्लीक गियर सेलेक्टर र प्यानोरामिक पनि हुनेछ ।

एक्सईभी ९एसमा ५९ किलोवाट र ७९ किलोवाट क्षमताको एलएफपी ब्याट्री प्याक उपलब्ध हुनेछ । यो इङ्ग्लो प्लेटफर्ममा आधारित हुनेछ । यसमा मल्टी जोन क्लाइमेट कन्ट्रोल, हिटेड र भेन्टिलेटेड सिट, मेमोरी फङक्शन, एड्जस्टेबल हेडरेस्ट र सेन्ट्रल आर्मरेस्ट जस्ता फिचर हुनेछ ।

कम्पनीका अनुसार महिन्द्रा एक्सईभी ९एस फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने बताइएको छ । यसमा अल्ट्रा फास्ट डिसी चार्जिङ बाईडायरेक्शनल चार्जिङ सिस्टम पनि हुनेछ। यसको डिजाइन महिन्द्राको एक्सयूभी.ई८ को अवधारणामा  र एक्सयूभी७०० बाट प्रेरित छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...