अटोमेटिक पार्किङ भएको महिन्द्राको नयाँ बीई ६ई इलेक्ट्रिक एसयूभी चर्चामा

महिन्द्राको नयाँ बीई ६ई इलेक्ट्रिक एसयूभी बजारमा आएको छ । कम्पनीको सो इलेक्ट्रिक एसयूभी धेरै फिचरले सुसज्जित छ जसले यसलाई सेगमेन्टका अन्य इलेक्ट्रिक कार भन्दा फरक बनाउँछ। अहिले सामाजिक सञ्जालमा सो एसयूभीको अटोमेटिक पार्किङ फिचर निकै भाइरल भइरहेको छ ।

कम्पनीले यसलाई अटोमेटिक वा मोबाइल पार्किङ फिचर नाम दिएको छ । सो फिचर सक्रिय हुँदा कारको ३६० डिग्री क्यामेराको मद्दतले चारैतिर स्क्यान गर्छ । त्यसपछि कार आफैले पार्किङ स्थल खोज्न थाल्छ । कारले पार्किङ स्थल खोज्ने बित्तिकै कारको स्टेयरिङ स्वतः घुम्छ र पार्किङ सुरु हुन्छ। यसका लागि कार धेरै पटक अगाडि र पछाडि सर्छ। यो फिचर मोबाइलको सहयोगमा पनि चलाउन सकिन्छ ।

महिन्द्रा बीई ६ईमा बीईको लोगो, एलईडी डेटाइम रनिङ ल्याम्प्स, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी कनेक्टेड टेललाइट, स्टिपली-रेक गरिएको रूफलाइन, इन्टिग्रेटेड रियर स्पोइलर, फ्लोटिङ फ्रन्ट स्पोइलर, हाई बेल्टलाइन, पियानो ब्ल्याक ह्विल आर्च २०- क्ल्याडिङ र एरो इन्सर्टहरू सहित २० इन्चको अलोय ह्विल समावेश छ।

कारमा ड्युअल इन्टिग्रेटेड स्क्रिन, ड्युअल स्पोक स्टेयरिङ ह्विल र ग्लास रुफ समावेश छ। यसको हाइलाइटमा एयरक्राफ्ट थ्रस्टर-जस्तो ड्राइभ सिफ्टर र सेन्ट्रल कन्सोल माथिको सेन्ट्रल स्पार समावेश छ । यसमा वायरलेस चार्जिङ र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता फिचर उपलब्ध छ ।

सेफ्टीका लागि सो एसयूभीमा ७ एयरब्याग, सबै यात्रुका लागि ३ पोइन्ट सिट बेल्ट, ३६०-डिग्री क्यामेरा र लेभल-२ एडीएएस समावेश छ। यसमा ५९ किलोवाट र ७९ किलोवाटको दुई वटा ब्याट्री प्याक रहेको छ । कम्पनीले सो कार प्रति चार्ज ६८२ किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

कुपन्डोलमा महिन्द्राको नयाँ ‘ट्विन पीक’ २ एस सर्भिस सेन्टर

कुपन्डोलमा महिन्द्राको नयाँ ‘ट्विन पीक’ २ एस सर्भिस सेन्टर

काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप (...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...