महिन्द्राले अर्को इलेक्ट्रिक एसयूभी एक्सयूभी.ई९ चाँडै लन्च गर्ने

महिन्द्राले भारतीय बजारका लागि नयाँ इलेक्ट्रिक भेइकल विकास गरिरहेको छ । कम्पनीले २०२२ मा नयाँ नयाँ कन्सेप्ट प्रस्तुत गरेको थियो। हालै कम्पनीले एक्सयूभी.ई९ लाई टाटा मोटर्सको डिलरशिपमा चार्ज गरिरहेको देखिएको थियो ।

एक्सयूभी.ई९ को चार्जिङ पोर्ट पछाडिको बायाँमा अवस्थित छ। यसमा चार्जिङ पोर्ट कभर गर्नका लागि प्लास्टिकको टुक्रा देखिएको थियो । साथै चार्जिङ पोर्टको वरिपरि सी आकारको एलईडी टेलल्याम्प पनि रहेको छ ।

एक्सयूभी.ई९ म इलेक्ट्रिक कम्पोनेन्टमा आवश्यक हावा प्रवाह कायम राख्न स्लिम एयर ड्यामहरू स्थापना गरिएको छ । साइडमा फ्लस सिटिङ डोर ह्यान्डल सहित नयाँ डिजाइन गरिएका अलोय ह्विल पनि छ ।

महिन्द्रा एक्सयूभी.ई९ को लम्बाइ ४७९० एमएम, चौडाइ १९०५ एमएम र उचाई १६९० एमएम हुनेछ। सो एसयूभी इन्ग्लो प्लेटफर्ममा आधारित हुनेछ र यसको ह्विलबेस २७७५ एमएम हुनेछ। यसको आकार एक्सयूभी७०० भन्दा ठुलो हुनेछ।

एक्सयूभी.ई९ ८० किलोवाट ब्याट्री प्याक दिइएको छ । सो ब्याट्री ० देखि ८० प्रतिशत चार्ज हुनको लागि ३० मिनेट लाग्ने कम्पनीको भनाइ छ । सो एसयूभीले एक पटकको फुल चार्जमा ४५० किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।

महिन्द्राले एक्सयूभी.ई९ अप्रिल २०२५  मा लन्च हुने कुरा पहिले नै खुलासा गरिसकेको छ। यो एक्सयूभी.ई८ पछि महिन्द्राको दोस्रो 'बोर्न इलेक्ट्रिक' गाडी हुनेछ, जुन सन् २०२४ को अन्त्यसम्ममा लन्च हुनेछ।

सम्बन्धित समाचारहरू

तयार भयो चेरीको मिनी ईभी, रेन्ज ३०१ किलोमिटर सम्म

तयार भयो चेरीको मिनी ईभी, रेन्ज ३०१ किलोमिटर सम्म

चिनियाँ अटो निर्माता चेरीले नयाँ मिनी ईभी ल्याउने घोषणा गरेको छ । चेरी...

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा उपलब्ध आइमाका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर मध्ये आइमा...

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

भारत सरकारले विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने कुनै प्रस्तावमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...