महिन्द्रा एक्सयूभी ७एक्सओको टिजर सार्वजनिक, जनवरी ५ मा लन्च हुने

महिन्द्राले आफ्नो नयाँ एसयूभी एक्सयूभी ७एक्सओको अर्को टिजर सार्वजनिक गरेको छ । सो एसयूभी आगामी जनवरी ५, २०२६ मा लन्च हुने तयारीमा छ। महिन्द्राले हालै २१ हजार भारु टोकन रकममा यसको बुकिङ खुला गरिसकेको छ ।

नयाँ एक्सयूभी ७एक्सओमा मेकानिकल रूपमा ठूला परिवर्तन नभए पनि डिजाइन, फिचर र इन–कार टेक्नोलोजीमा उल्लेखनीय सुधार गरिएको छ। हाल सार्वजनिक गरिएकाे टिजरमा ५४० डिग्री क्यामेरा सिस्टम देखाइएको छ । साथै यसमा नयाँ एडीएएस भिजुअल डिस्प्ले पनि समावेश गरिएको छ ।

महिन्द्राले पछाडिका यात्रुहरूका लागि ‘बीवाईओडी’ समर्थन भएको इन–कार थिएटर मोड पनि प्रस्तुत गरेको छ। सो फिचर एड्रेनक्स प्लस सफ्टवेयर सिस्टममार्फत सञ्चालन हुनेछ, जसले इन्फोटेनमेन्ट, कनेक्टिभिटी र गाडीको स्मार्ट प्रविधि व्यवस्थापन गर्ने काम गर्छ । गाडीको इन्टेरियर र एक्टेरियर भागमा पनि नयाँ परिवर्तन गरिएको छ ।

एक्सयूभी ७एक्सओमा रिडिजाइन गरिएको एलईडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर हेडलाइट र पछाडि उल्टो एल आकारका एलिमेन्ट दिइएका छन्। यसमा नयाँ ड्युअल टोन अलोय ह्विल, अपडेट गरिएको बम्पर, ठाडो क्रोम एक्सेन्टसहितको ग्रिल र बोनेट तथा टेलगेटमा एक्सयूभी ७एक्सओ ब्रान्डिङ पनि समावेश गरिएको छ ।

सो गाडी टप स्पेक एएक्स सेभेन एल भेरिएन्ट हुन सक्ने अनुमान गरिएको छ, जसमा बोस मोड सिटिङ, नयाँ एयर भेन्ट, नयाँ सेन्टर कन्सोल, इलेक्ट्रिकली एडजस्टेबल साइड मिरर र अझ राम्रो गुणस्तरका सामग्रीहरू उपलब्ध हुने अपेक्षा गरिएको छ।

महिन्द्रा एक्सयूभी ७एक्सओमा पहिलेझैं २.० लिटर टर्बो पेट्रोल एम स्टालियन र २.२ लिटर एम हक डिजेल इन्जिन विकल्प दिइनेछ । यी इन्जिन ६ स्पिड म्यानुअल तथा अटोमेटिक गियरबक्ससँग उपलब्ध हुनेछ । यसका साथै महिन्द्राले आगामी दिनमा स्कार्पियो एनको फेसलिफ्ट संस्करण पनि लन्च गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित समाचारहरू

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

भारतमा लकडाउन पछि अटोमोबाइलले चाँडै रिकभरी गरेको छ । यो वर्ष कार निर्माता...

एक्सयुभी ७०० को ५ सिटर भेरिएन्ट अव उत्पादन नहुने

एक्सयुभी ७०० को ५ सिटर भेरिएन्ट अव उत्पादन नहुने

महिन्द्राले एक्सयुभी ७०० को ५ सिटर भेरियन्ट बन्द गरेको छ । एसयुभी अब ६ सिटर...

एपिएफ क्लब र अग्नि ग्रुपद्वारा ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड’ आयोजना, खेलाडीलाई सम्मान

एपिएफ क्लब र अग्नि ग्रुपद्वारा ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड’ आयोजना, खेलाडीलाई सम्मान

काठमार्डौं–सशस्त्र प्रहरी बल नेपाल, खेलकुद तथा शारिरीक सुगठन शिक्षालय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...