एक्सयूभी ३०० को फेसलिफ्ट ईलेक्ट्रिक भर्सनमा पनि आउने
काठमाडौं– महिन्द्राले निकट भविष्यमा ल्याउने तयारी गरेकोे एक्सयूभी ३००...
महिन्द्राले आफ्नो नयाँ मिड साइज एसयूभी महिन्द्रा एक्सयूभी ७एक्सओ आधिकारिक रूपमा लन्च गरेको छ । यसअघि एक्सयूभी ७०० नामले चिनिँदै आएको सो एसयूभी फेसलिफ्ट अपडेटसँगै नयाँ नाम र नयाँ पहिचानमा बजारमा आएको हो ।
महिन्द्रा एक्सयूभी ७एक्सओमा कम्पनीले अत्यन्तै आकर्षक र प्रिमियम फिचर समावेश गरेको छ। यसमा हर्मन कार्डन अडियो सिस्टम, ५४० डिग्री क्यामेरा, लेभल–२ एडास, लेन डिपार्चर सिस्टम, ठुलो प्यानोरामिक सनरुफ, पछाडिको सिटमा छुट्टै स्क्रिन, एड्रेनो सिस्टम तथा अगाडि तीनवटा स्क्रिन दिइएको छ । साथै, यसमा पहिलो पटक एलेक्सा भ्वाइस असिस्टेन्ट र च्याट जीपीएस सुविधा पनि समावेश गरिएको छ ।
महिन्द्राले एक्सयूभी ७एक्सओमा शक्तिशाली इन्जिन प्रदान गरेको छ । यसमा २.२ लिटर क्षमताको टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ, जसले करिब २०० हर्सपावर उत्पादन गर्छ। साथै, २.२ लिटरकै टर्बोचार्ज्ड डिजेल इन्जिनको विकल्प पनि उपलब्ध छ। यी दुवै इन्जिनमा ६ स्पिड म्यानुअल तथा ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प प्रदान गरिएको छ ।
सो एसयूभीले महिन्द्राकै स्कोर्पियो, टाटा ह्यारियर, टाटा सफारी, टाटा सिएरा, एमजी हेक्टर, हुन्डाई क्रेटा, होन्डा एलिभेट, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा तथा टोयोटा हाइराइडरजस्ता मोडलसँग सीधा प्रतिस्पर्धा गर्नेछ। यस एसयूभीको प्रि-बुकिङ डिसेम्बर २०२५ देखि सुरु भइसकेको छ भने डेलिभरी जनवरी १४ देखि सुरु हुने बताइएको छ।
काठमाडौं– महिन्द्राले निकट भविष्यमा ल्याउने तयारी गरेकोे एक्सयूभी ३००...
महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले एक्सयूभी४०० को...
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...