बोल्ड लुकको साथमा महिन्द्राको बहुप्रतीक्षित एसयूभी एक्सयूभी७०० सार्वजनिक

महिन्द्रा एक्सयूभी७०० शनिबार आधिकारिक रुपमा भारतमा सार्वजनिक गरिएको छ । केही महिना अघि मात्र कम्पनीले सो एसयूभीको फोटो र भिडियो जारी गरेको थियो । यसमा पावर प्याक ड्राइभ र बोल्ड एक्सटेरियर स्टाइलको साथमा कैयौ फिचर समावेश रहेको छ ।

एक्सयूभी७०० लाई नेक्स्ट जेनेरेसन एक्सयूभी५०० को रुपमा डिजाइन गरिएको थियो, तर पछि यसलाई नयाँ नाम राखिएको हो ।

महिन्द्रा एक्सयूभी७०० को एक्सटेरियर
महिन्द्रा एक्सयूभी७०० को लुक एक्सयूभी५०० सँग मिल्दोजुल्दो रहेको छ । एसयूभीको फ्रन्टमा ग्रिलको डिजाइन, कम्पनीको नयाँ लोगो, सी–आकारको डीआरएल, शार्प टेललाइट डिजाइन र पप आउट ढोकाको ह्यान्डल समावेश गरिएको छ ।

इन्टेरियर र क्याबिन
एक्सयूभी७०० को इन्टेरियरमा १०.२५ इन्च डिस्प्ले स्क्रिन रहेको छ । एसयूभीको ढोका खोल्ने वित्तिकै कारको सिट अटोमेटिक भित्र पट्टि छिर्छ । जसले गर्दा सहजै कारमा पस्न र निस्कन सकिन्छ । एसयूभी ५ वा ७ सिट लेआउटमा उपलब्ध हुनेछ ।

फिचर
महिन्द्रा एक्सयूभी७०० को सेगमेन्टमा सबैभन्दा ठूलो सनरुफ उपलब्ध रहेको छ । यसलाई स्काईरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल नाम दिइएको छ । यसको साथै एसयूभीको भित्र सोनी म्युजिक सिस्टमको साथमा १० स्पिकर समावेश गरिएको छ । एलेक्सा भ्वाइस कमान्डको प्रयोग गरी कार्यक्षमतालाई नियन्त्रित गर्न सकिन्छ ।

महिन्द्रा एक्सयूभी७०० को भेरिएन्ट
महिन्द्रा एक्सयूभी७०० दुई ब्रान्ड सिरिज एड्रेनोक्स र एमएक्समा उपलब्ध हुनेछ । एड्रेनोक्स सिरिजमा तीन ट्रिम्स एएक्स३, एएक्स५ र एएक्स७ मा उपलब्ध हुनेछ । टप अफ द लाइन एएक्स७ मा १८ इन्चको अलोय ह्वील, लेदर सिट, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्तो फिचर रहेको छ ।

आर्टिफिसियल इन्टिलिजेन्स सिस्टममा यो भारतको पहिलो कार हुनेछ । एक्सयूभी७०० मा चालकले आफ्नो भ्वाइस कमान्डको मदतले सनरुफ कन्ट्रोल गर्न, तापमानलाई एडजस्ट गर्न, म्युजिक ट्रयाक परिवर्तन गर्न, ट्राफिकलाई निगरानी गर्नको साथै घरमा कम्प्याटेबल उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।

इन्जिन र पावर
महिन्द्रा एक्सयूभी७०० एसयूभी २ इन्जिनमा पेश गरिएको छ । जसमा एक २.० लिटर एमस्टालिओन टर्बाेचाज्र्ड पेट्रोल र २.२ लिटर टर्बाेचाज्र्ड डिजेल इन्जिन समावेश रहेको छ । पेट्रोल इन्जिनले २०० एचपीको पावर र ३८० एनएमको टर्क जेनेरेट गर्छ । जबकि डिजेल इन्जिनमा २ फरक फरक ट्युनिङ सेटअप रहेको छ । जसले १५५ एचपीको पावर र ३६० एनएमको टर्क तथा १८५ एचपीको पावर र ४२० एनएमको टर्क जेनेरेट गर्छ ।

५ सेकेन्डमा ६० किलोमिटरको स्पिड
महिन्द्रा एक्सयूभी७०० मा तीन ड्राइभ मोड जीप, जाप र जुम मोड समावेश गरिएको छ । यसको साथै कस्टम ड्राइभ मोडल पनि उपलब्ध हुनेछ । सो कारमा दुई इन्जिनको साथमा ट्रान्समिशन विकल्पको रुपमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक समावेश गरिएको छ । यसमा अल ह्वील ड्राइभको विकल्प पनि रहेको छ । महिन्द्रा एक्सयूभी७०० एसयुभी ० देखि ६० किलोमिटर प्रतिघन्टाको स्पिड ५ सेकेन्डमा तय गर्ने क्षमता रहेको छ ।

महिन्द्रा नयाँ एक्सयूभी७०० मा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध रहेको छ । जसमा ड्राइभर ड्रासिनेस डिटेक्शन जस्ता फिचर समावेश रहेको छ । सो एसयूभी एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता फिचर भएको पहिलो कार हुनेछ । लेवल १ एडासमा एडेप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पोट डिटेक्शन, अटोनोमस ब्रेकिङ र लेन किप असिस्ट जस्ता फिचर समावेश गरिएको छ । कारमा ७ एयरब्याग, अटोनोमस इमर्जेन्सी ब्रेक, लेन डिपार्चर वार्निङ, ट्राफिक साइन रिकग्निशन र ड्राइभ स्टेबिलिटी सिस्टम समावेश गरिएको छ ।

यसको सुरुवाती भेरिएन्टको मूल्य ११ लाख ९९ हजार भारु तोकिएको छ । नेपाली बजारमा यो एसयूभी केही समय पछि आउने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...