महिन्द्रा एक्सयूभी ७०० नेपालमा, यस्ता छन् आकर्षक विशेषता

काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा महिन्द्रा एक्सयूभी ७०० को बिक्री प्रारम्भ भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सो एसयूभी लन्च गरेको हो । सो एसयूभी दक्षिण अफ्रिका पश्चात अन्तर्राष्ट्रिय बजारको रुपमा नेपाल प्रवेश गरेको बताएको छ ।

महिन्द्राको नयाँ ट्विन पिक लोगोका साथ नेपाली बजारमा आएको महिन्द्रा एक्सयूभीलाई रानीपोखरीस्थित ट्विन पिक शोरुममा लन्च गरिएको हो । नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सन सहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक – उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी समेत हो ।

५ सिटर एक्सयूभी ७०० को मूल्य ७४ लाख, ८१ लाख र ८९ लाख हुनेछ भने ७ सिटर एक्सयूभी ७०० को मूल्य ८३ लाख, १ करोड ५ लाख र १ करोड १० लाख रुपैयाँ हुनेछ ।

महिन्द्रा एक्सयूभी ७०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ ।

हालको मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरि सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने कम्पनीको भनाइ छ ।

एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको कम्पनीले बताएको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।

महिन्द्राले वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङको साथ एक प्रमुख कोसेढुङ्गा पनि हासिल गरेको छ र एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड भएको पनि बनेको छ । यसको साइ–फाई टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ, एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाईन डायल गर्न इन्जिनियर गरिएको छ ।

एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ ।

ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रालाई उछिनेर दोस्रो स्थानमा उक्लियो टाटा मोटर्स

महिन्द्रालाई उछिनेर दोस्रो स्थानमा उक्लियो टाटा मोटर्स

सेप्टेम्बर महिनामा बिक्रीको हिसाबले टाटा मोटर्स दोस्रो ठूलो कार निर्माता...

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी...

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं–महिन्द्रा गाडिको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...