महिन्द्रा एक्सयूभी४०० अब प्रो रेन्जमा, यस्ता छन् नयाँ फिचर

महिन्द्रा एन्ड महिन्द्राले इलेक्ट्रिक अल न्यू एक्सयूभी४०० प्रो रेन्ज भारतमा लन्च गरेको छ । २०२४ महिन्द्रा एक्सयूभी४०० प्रो रेन्जलाई ईसी प्रो र ईएल प्रोको फरक फरक ब्याट्री प्याक र चार्जरको विकल्पमा लन्च गरिएको हो । सो एसयूभीले इलेक्ट्रिक टाटा नेक्सन र एमजी जेडएससँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ महिन्द्रा एक्सयूभी४०० प्रो रेन्जको लागि बुकिङ जनवरी १२ बाट सुरु हुनेछ र फेब्रुअरी १ बाट डेलिभरी सुरु हुनेछ । सो इलेक्ट्रिक एसयूभी २१ हजार भारुमा बुक गर्न सकिन्छ ।

महिन्द्रा एक्सयूभी४०० ईसी प्रोमा ३४.५ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ, जसले १५.९ पीएसको पावर र ३१० एनएमको टर्क जेनेरेट गर्छ । सिंगल चार्जमा सो ब्याट्रीले ३७५ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा ३.३ किलोवाट र ७.२ किलोवाट चार्जरको विकल्प दिइएको छ ।

एक्सयूभी४०० ईएलमा ३९.४ किलोवाट आर लिथियम आयन ब्याट्री प्याक जडान गरिएको छ, जसले १५.९ पीएसको पावर र ३१० एनएमको टर्क जेनेरेट गर्छ । सिंगल चार्जमा सो ब्याट्रीले ४५६ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

सो एसयूभी ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड हासिल गर्न मात्र ८.३ सेकेन्डको समय लाग्छ । यसको टप स्पिड १५० किलोमिटर प्रतिघन्टा छ । सो एसयूभीमा फन, फास्ट र फियरलेस जस्ता ड्राइभिङ मोड दिइएको छ ।

अल न्यू एक्सयूभी४०० प्रो रेन्जमा नयाँ ड्युअल टोन इन्टेरियर समावेश गरिएको छ । साथै, यसमा नयाँ १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित नयाँ १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरले सुसज्जित छ । नयाँ एसयूभीमा एड्रयुनोक्स कनेक्टेड कार सिस्टम, ५० भन्दा बढी फिचर, ड्युअल जोन अटोमेटिक टेम्परेचर कन्ट्रोल, वायरलेस चार्जर, रियर यूएसबी पोर्ट, रियर एसी भेन्ट्स जस्ता फिचरहरु छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लक्जरी, स्टाइल र...

महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

काठमाडौं – महिन्द्रा गाडीको सर्भिसिङलाई छिटो छरितो र प्रभावकारी बनाउन...

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...