महिन्द्रा एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार, बजेट पश्चात औपचारिक जानकारी गराइने

काठमाडौं – महिन्द्राका इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जीले महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० को मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोक्ने भएको छ । कम्पनी स्रोतका अनुसार बजेट पश्चात सो गाडी औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरिने छ ।

महिन्द्रा एक्सयूभी ४०० केही समय देखि नेपाली सडकमा परीक्षण भइरहेको छ । भारतमा पहिले नै सार्वजनिक भइसकेको भए पनि नेपाली बजारमा भने सो गाडी सार्वजनिक हुन सकेको थिएन । लामो समय देखि प्रतीक्षारत नेपाली ग्राहकले अब भने सो गाडी पाउने भएका छन् ।

नेपालमा महिन्द्रा एक्सयूभी ४०० को ईएल (ओ) भेरिएन्ट उपलब्ध हुनेछ । यसमा ११० किलोवाटको मोटर र ३९.४ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । हाल परीक्षणको क्रममा रहेको र नेपाली बजारमा फरक खालको भेरिएन्ट उपलब्ध हुने भएकाले यसले दिने रेन्ज र अन्य फिचर भने पछि नै सार्वजनिक गर्ने कम्पनीले बताएको छ ।

महिन्द्राका इलेक्ट्रिक गाडीहरु कुनै समय नेपाली बजारमा निकै नै लोकप्रिय थिए । रेभा र ईटुओ जस्ता मोडलमार्फत नेपाली ग्राहकलाई इलेक्ट्रिक गाडीको रहर पुरा गराएको महिन्द्रासँग अहिले भने बिक्रीका लागि कुनै आकर्षक मोडल छैन ।

नेपाली बजारमा अन्य कम्पनीहरुले लगातार रुपमा नयाँ मोडल भित्र्यारहदा महिन्द्राले भने कुनै पनि मोडल उपलब्ध गराउन सकेको छैन । रेभा र ईटुओ जस्ता मोडल पनि छैनन् । यो अवस्थामा आगामी दिनमा महिन्द्रा एक्सयूभी ४०० ले नयाँ रौनक ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले...

मारुती देखि टाटा र महिन्द्रा सम्मका नयाँ इलेक्ट्रिक कार लन्च हुँदै

मारुती देखि टाटा र महिन्द्रा सम्मका नयाँ इलेक्ट्रिक कार लन्च हुँदै

भारतमा अहिले इलेक्ट्रिक सवारी साधनको माग निरन्तर बढिरहेको छ । बढ्दो...

देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

काठमाडौं– सडकमा एमजी ब्रान्डका इलेक्ट्रिक कारको उपस्थिती बढेसंगै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...