सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४०० लन्च गर्ने भएको छ । यसमा फरक देखिने रियर डिजाइन हुनेछ । नयाँ एलईडी -यापराउन्ड टेलल्याम्प तेर्सो रूपमा विस्तार गरिएको छ जबकि टेलगेट र रियर बम्पर पनि परिमार्जन गरिएको छ ।

एक्सयूभी ४०० को कुल लम्बाई लगभग ४.२ मिटर हुनेछ । एक्सयूभी ४०० को डिजाइन इएक्सयूभी ३०० को अवधारणाबाट प्रभावित रहेको छ । जसमा शट–अफ फ्रन्ट ग्रिल, नयाँ डिजाइन गरिएका अलोय ह्विल उपलब्ध रहेको छ । भारतमा लन्च भएपछि यो कारले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्राले भविष्यमा धेरै नयाँ इलेक्ट्रिक कार पेश गर्ने योजनामा छ । महिन्द्राले नयाँ ईभी सहायक कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । महिन्द्राको यो नयाँ ईभी कम्पनीले विश्व बजारका लागि इलेक्ट्रिक फोर ह्विलर गाडी लन्च गर्नेछ । यसको लागि कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ हजार ९२५ करोड भारु लगानी गरिसकेको छ ।

बेलायतमा रहेको संस्था र महिन्द्राले एक सम्झौतामा हस्ताक्षर गरेका छन् जसअन्तर्गत ईभी कम्पनीले चार पाङ्ग्रे इलेक्ट्रिक सवारी साधनमा केन्द्रित हुनेछ । महिन्द्रा र बीआईआईले चरणबद्ध रूपमा ईभी कम्पनीमा अन्य लगानीकर्ताको आवश्यकता पूरा गर्न संयुक्त रूपमा काम गर्नेछन् ।

सम्बन्धित समाचारहरू

ओकिनावा स्कुटरमा आगालागी हुँदा सोरुम जलेर नष्ट, सुरक्षालाई लिएर बढ्यो चिन्ता

ओकिनावा स्कुटरमा आगालागी हुँदा सोरुम जलेर नष्ट, सुरक्षालाई लिएर बढ्यो चिन्ता

भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुने घटना एकपछि अर्को बढिरहेको छ ।...

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...

आधिकारिक रुपमै नेपाल भित्रिए अउडीका विद्युतीय कार, मूल्य १ करोड ५० लाख सम्म

आधिकारिक रुपमै नेपाल भित्रिए अउडीका विद्युतीय कार, मूल्य १ करोड ५० लाख सम्म

काठमाडौं – जर्मन बिलासी कार अउडी आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...