शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं लगायतका विभिन्न शोरुममा देखिन थालेका छन् । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जीले महिन्द्राका शोरुमहरुमा नयाँ इलेक्ट्रिक गाडी समेत डिस्प्ले गरेको छ ।

कम्पनी स्रोतका अनुसार केही दिनमै सो गाडी औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरिने छ । केही दिन पहिले नै यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ सार्वजनिक भइसकेको छ ।

नेपाली बजारमा महिन्द्रा एक्सयूभी ४०० ईभीको ईएल (ओ) भेरिएन्ट उपलब्ध भएको हो । यसमा ११० किलोवाटको मोटर र ३९.४ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । यद्यपि यसको रेन्ज र अन्य फिचर भने कम्पनीले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

महिन्द्राका इलेक्ट्रिक गाडीहरु कुनै समय नेपाली बजारमा निकै नै लोकप्रिय थिए । रेभा र ईटुओ जस्ता मोडलमार्फत नेपाली ग्राहकलाई इलेक्ट्रिक गाडीको रहर पुरा गराएको महिन्द्रासँग केही समय यता बिक्रीका लागि इलेक्ट्रिक गाडी थिएन ।

अब महिन्द्रा एक्सयूभी ४०० ईभीले केही नयाँपन ल्याउने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...

स्टेलान्टिससंग मिलेर लिप मोटरले मलेसियामा सस्तो ईभी ल्याउने

स्टेलान्टिससंग मिलेर लिप मोटरले मलेसियामा सस्तो ईभी ल्याउने

अमेरिकन अटो निर्माता स्टेलान्टिस र चिनको लिप मोटरले सहकार्य गरी मलेसियामा...

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...