एक वर्षमै भित्रिए १३ हजार भन्दा बढी ईभी, करिव २० अर्ब राजस्व संकलन
काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दो क्रममा...
महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक एसयुभी तयार गरेकोे छ । हाल यो एसयुभीको रोड परिक्षण भैरहेको जनाइएको छ । एक्सयुभी ३०० को प्लेटफर्ममा तयार गरिएको यो एसयुभी एक्सयुभी ४०० को नामले सार्बजनिक हुने कम्पनीले यसअघि नै बताइसकेको छ । यो एसयुभीलाई महिन्द्राले २०२४ भित्र सार्बजनिक गर्ने बताएको छ । जसको सिधा प्रतिस्पर्धा टाटा नेक्सन इभीसंग हुने अनुमान लगाइएको छ ।
बिस्तृत बिबरणहरु सार्बजनिक भैनसके पनि यो एसयुभी हाल कारोबार भैरहेको एक्सयुभी ३०० जस्तै देखिएको छ । इलेक्ट्रिक कारका रुपमा पहिचान गर्न सजिलो होस भनेर यो एसयुभीको बिभिन्न भागमा निलो कलरलाई समायोजन गरिएको छ । जुन कम्पनीले यसअघि सार्बजनिक गरेको ई एक्सयुभी ३०० को कन्सेप्टबाट प्रेरित रहेको छ ।
यो एसयूभी ३५० र ३८० भोल्टको ब्याट्री प्याक अप्सनमा उपलब्ध हुने संभावना देखिएको छ । जुन हाल कारोबार भैरहेको टाटा नेक्सनमा उपलब्ध गराइएको सरह हो । यसको ३८० भोल्ट ब्याट्री प्याकले भने नेक्सन इभीको लंग रेन्ज, हुन्डाई कोना र एमजी जेडएस इभीसंग प्रतिस्पर्धा गर्ने देखिएको छ ।
महिन्द्राले यसअघि नै सन् २०२७ सम्ममा ८ वटा नयाँ इभी सार्बजनिक गर्ने बताइसकेको छ । जसमध्ये उसले हाल कारोबार भैरकेको ४ वटा पेट्रोल र डिजेल कारलाई इभी भर्सनमा ल्याउने र बाँकी ४ वटा बिल्कुलै नयाँ मोडल लन्च गर्नेछ ।
काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दो क्रममा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...
जिकरले पिक पावर १.२ मेगावाटको पुर्ण रुपमा लिक्विड–कुल्ड चार्जिङ स्टेसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...