महिन्द्रा एक्सयूभी ४०० छिट्टै नेपाल आउने, यस्तो छ तयारी

काठमाडौं – नेपाली बजारमा महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी ‘एक्सयूभी ४००’ छिट्टै नै आउने भएको छ । नेपालका लागि महिन्द्राका इलेक्ट्रिक गाडीको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जी स्रोतका अनुसार महिन्द्राको नेपालमा उपलब्ध हुने पहिलो इलेक्ट्रिक गाडी एक्सयूभी ४०० हुनेछ ।

महिन्द्राको इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० ले अहिले भारतीय बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । महिन्द्राले यो इलेक्ट्रिक एसयूभीको बुकिङ खुला गरेको ५ दिनमै १० हजार युनिट बुकिङ भएको थियो । हाल यसको माग लगातार रुपमा बढिरहेको छ । यस अनुसार भारतीय बजारमा यो गाडी हात पार्न लामै समय कुर्नु पर्ने देखिएको छ ।

यसका आधारमा नेपाली बजारमा पनि यो गाडी समयमै प्राप्त हुने कुरामा भने शंका गर्न सकिने अवस्था छ । यद्यपि यो साता कम्पनीको प्रतिनिधिहरु नेपाल आउने र यसको वारेमा सबै कुरा थाहा हुने कम्पनी स्रोतको भनाइ छ ।

महिन्द्राका इलेक्ट्रिक गाडीहरु कुनै समय नेपाली बजारमा निकै नै लोकप्रिय थिए । रेभा र ईटुओ जस्ता मोडलमार्फत नेपाली ग्राहकलाई इलेक्ट्रिक गाडीको रहर पुरा गराएको महिन्द्रासँग अहिले भने बिक्रीका लागि कुनै आकर्षक मोडल छैन ।

नेपाली बजारमा अन्य कम्पनीहरुले लगातार रुपमा नयाँ मोडल भित्र्यारहदा महिन्द्राले भने कुनै पनि मोडल उपलब्ध गराउन सकेको छैन । रेभा र ईटुओ जस्ता मोडल पनि छैनन् । यो अवस्थामा आगामी दिनमा महिन्द्रा एक्सयूभीले नयाँ रौनक ल्याउने अपेक्षा गरिएको छ ।

एक्सयूभी ४०० लाई महिन्द्राले दुई वटा ब्याट्री प्याकमा उतारेको हो । यसमा जडान गरिएको ३४.५ किलोवाट आवरको सानो व्याट्री प्याकले ३७५ किलोमिटर र ३९.४ किलोवाट आवरको प्याकले ४५६ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यी दुवै व्याट्री प्याकमा फ्रन्ट एक्सेल माउन्टेड इलेक्ट्रिक मोटर दिइएको छ । जसको अधिकतम पावर १५० एचपी र टर्क ३१० एनएम रहेको छ ।

यो एसयूभीलाई ५० किलोवाट डिसी चार्जरको साहयतामा ५० मिनेटभित्र शून्य देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ३.३ किलोवाट र ७.२ किलोवाट एसी चार्जरको समेत विकल्प दिइएको छ । यसको टप स्पेकमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गराइएको छ भने अन्य फिचरमा सिंगल प्यानल सनरुफ, ओभर दि एयर अपडेट सहितको कनेक्टेड कार टेक्नोलोजी सहित ६ वटा एयर व्याग, चारवटै चक्कामा डिस्क ब्रेक र ब्याट्री प्याकमा आईपी ६७ रेटिङ लगायत सेफ्टी फिचर पाउन सकिन्छ ।

भारतीय बजारमा यो एसयुभीको मूल्य १६ देखि १९ लाख भारुसम्म निर्धारण गरिएको छ । यो मूल्य शुरुवातमा बुकिङ लिने ५ हजार ग्राहकका लागि मात्र लागू हुने कम्पनीको भनाइले पछि यसको मूल्य वृद्धि हुने देखाएको छ । यो एसयूभीले बजारमा टाटा नेक्सन इभीसँग सिधा टक्कर गर्ने देखिएको छ ।

नेपाल आउँदा यसको शुरुवाती मूल्य ४० लाख हाराहारीवाट शुरु हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...

इलेक्ट्रिक टाटा पन्च चाँडै लन्च हुने, यस्तो हुनेछ मूल्य र रेन्जलगायतका विशेषता

इलेक्ट्रिक टाटा पन्च चाँडै लन्च हुने, यस्तो हुनेछ मूल्य र रेन्जलगायतका विशेषता

टाटा मोटर्सले आफ्नो पोर्टफोलियो तीव्र गतिमा बढाउन थालेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...