महिन्द्रा एक्सयूभी थ्रीएक्सओ परीक्षणका लागि नेपालमा, यस्तो हुनेछ मूल्य

काठमाडौं – केही महिना पहिले मात्र भारतीय बजारमा लन्च गरिएको महिन्द्राको नयाँ एसयूभी एक्सयूभी थ्रीएक्सओ (3XO) नेपालमा परीक्षणका लागि भित्रिएको छ ।

कम्पनीहरुले बिक्री शुरु गर्नु भन्दा पहिले केही युनिट भित्र्याएर नेपाली सडकमा परीक्षण गर्ने गर्छन् । यसै अनुसार नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सो एसयूभी भित्र्याएको हो ।

अग्नि इन्कर्पोरेटेडले यसको मूल्य समेत सार्वजनिक गरेको छ । दुई भेरिएन्टमा उपलब्ध हुने एक्सयूभी थ्रीएक्सओको मूल्य क्रमशः ६० लाख ९० हजार र ६६ लाख ६५ हजार रुपैयाँ हुनेछ । यद्यपि नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने समयमा भने यसको मूल्य परिमार्जन हुन सक्ने सम्भावना पनि रहन्छ ।

नयाँ एक्सयूभी ३एक्सओ एमस्टालिङ जी१२ टीजीडीआई टर्बोचाज्र्ड एमपीएफआई इन्जिनले सुसज्जित गरिएको छ, जसले १३० पीएस पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ ।

कम्पनीले सो कारमा एक्सयूभी३०० को डिजाइन भन्दा फरक डिजाइन गरेको छ । यसमा एलईडी डेटाइम रनिङ लाइटद्वारा रेखांकित गरिएको एलईडी प्रोजेक्टर हेडलाइट्स समावेश गरिएको छ तथा सी आकारको टेल लाइट्स दिइएको छ ।

गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यसको छेउमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले दिइएको छ । यसको बुट स्पेस २५७ लिटरबाट बढाएर २९५ लिटर पु-याइएको छ ।

कम्पनीले यस गाडीमा ७ वटा स्पिकरसहितको प्यानोरामिक, हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल उपलब्ध गराएको छ, जसलाई एड्रेनोक्सबाट एक्सेस गर्न सकिन्छ । सेफ्टीको लागि गाडीमा ईएसपी, ट्रयाक्सन कन्ट्रोल, आईएसओफिक्स र एडास जस्ता फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले रच्यो इतिहास : विश्वको टप २५ अटो कम्पनीमा सामेल

महिन्द्राले रच्यो इतिहास : विश्वको टप २५ अटो कम्पनीमा सामेल

भारतको प्रसिद्ध अटो निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आर्थिक...

महिन्द्राले ५ बर्षभित्र १३ नयाँ मोडल थप्ने, ८ वटा मोडल इलेक्ट्रिक हुने

महिन्द्राले ५ बर्षभित्र १३ नयाँ मोडल थप्ने, ८ वटा मोडल इलेक्ट्रिक हुने

भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले ५ बर्षभित्र १३ वटा नयाँ मोडलका...

सिंगल चार्जमा ११० किमी रेन्ज दिने नेपाली बजारमा उपलब्ध महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो

सिंगल चार्जमा ११० किमी रेन्ज दिने नेपाली बजारमा उपलब्ध महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो

नेपाली बजारमा हाल महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो उपलब्ध छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...