जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट
जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...
महिन्द्राले एक्सयूभी ३एक्सओ भारतमा दमदार फिचर सहित लन्च गरेको छ । सो एसयूभीमा पूर्ण रूपमा नयाँ इन्टेरियर सिस्टम दिइएको छ ।
कम्पनीले सो कारमा एक्सयूभी३०० को डिजाइन भन्दा फरक डिजाइन गरेको छ । यसमा एलईडी डेटाइम रनिङ लाइटद्वारा रेखांकित गरिएको एलईडी प्रोजेक्टर हेडलाइट्स समावेश गरिएको छ तथा सी आकारको टेल लाइट्स दिइएको छ ।
गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यसको छेउमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले दिइएको छ । यसको बुट स्पेस २५७ लिटरबाट बढाएर २९५ लिटर पु¥याइएको छ ।
कम्पनीले यस गाडीमा ७ वटा स्पिकरसहितको प्यानोरामिक, हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल उपलब्ध गराएको छ, जसलाई एड्रेनोक्सबाट एक्सेस गर्न सकिन्छ । सेफ्टीको लागि गाडीमा ईएसपी, ट्रयाक्सन कन्ट्रोल, आईएसओफिक्स र एडास जस्ता फिचर समावेश गरिएको छ ।
नयाँ एक्सयूभी ३एक्सओ एमस्टालिङ जी१२ टीजीडीआई टर्बोचाज्र्ड एमपीएफआई इन्जिनले सुसज्जित गरिएको छ, जसले १३० पीएस पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ । साथै दोस्रो इन्जिनको विकल्पको रुपमा डी१५ भीजीटी जडान गरिएको छ, जसले ११७ पीएस पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ ।
ट्रान्समिसनका लागि कारमा ६ स्पिड एलसीन अटोमेटिक र ६ स्पिड अटोसिफ्ट प्लस विकल्पको रुपमा प्रदान गरिएको छ । सो कार १.५ लिटर टर्बो डिजेल विकल्पमा पनि उपलब्ध छ ।
भारतमा यसको मूल्य ७ लाख ४९ हजार भारुबाट शुरु हुन्छ । भविष्यमा नेपालमा समेत यो कार उपलब्ध हुने अनुमान गर्न सकिन्छ । आगामी दिनमा यसको प्रतिस्पर्धा टाटा नेक्सन र हुन्डाई भेन्यु जस्ता कारसँग हुनेछ ।
जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...