लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्रा एण्ड महिन्द्राले यो वर्ष आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरिरहेको छ । यसको सुरुवात अप्रिल २९ देखि सुरु हुनेछ । कम्पनीले सोही दिन एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्नेछ । यो कार हालै परीक्षणको क्रममा धेरै पटक देखा परेको छ ।
कम्पनीले आफ्नो आगामी कारको टिजर पनि सार्वजनिक गरेको छ । टिजर अनुसार महिन्द्रा एक्सयूभी३०० फेसलिफ्टलाई एक्सयूभी थ्रीएक्सओ (XUV 3XO) नाममा लन्च गरिनेछ । कारको मूल्य ९ लाख भारुबाट हुनेछ । यो सेगमेन्टमा सो कारले मारुती ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, टाटा नेक्सन, रेनो काइगर, निसान म्याग्नाइट, मारुती सुजुकी स्विफ्ट र टोयोटा अर्बन क्रुुजर टेसरसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ मोडेलमा हालको संस्करणको तुलनामा धेरै कस्मेटिक र फिचर अपग्रेड गरिने छ । टिजरमा कम्प्याक्ट एसयूभीको नयाँ कनेक्टेड टेललाइट र बम्पर देखिएको छ । यसमा महिन्द्राको ट्विन पिक लोगोका साथै नयाँ एक्सयूभी थ्रीएक्सओको ब्याजिङ पनि दिइएको छ ।
कारको फ्रन्ट लुक एकदमै नयाँ रहेको छ । कारको फ्रन्ट ग्रिलमा क्रोम फिनिस्ड त्रिकोणीय एलिमेन्ट दिइएको छ । साथै यसमा फग शेप्ड एलईडी डीआरएल, प्रोजेक्टर हेडलाइट, फग ल्याम्प, इलेक्ट्रिक सनरुफ र नयाँ डिजाइनको लेयर्ड स्पोक अलोय ह्विल उपलब्ध हुनेछ ।
यद्यपि कम्पनीले यसको इन्टेरियर लुकको बारेमा खुलासा गरेको छैन । टिजर अनुसार यसमा नयाँ सिट अपहोल्स्ट्री, नयाँ टचस्क्रिन, १०.२५ इन्चको ड्युअल डिजिटल डिस्प्ले, वायरलेस फोन चार्जिङ र भेन्टिलेटेड फ्रन्ट सिट रहेको छ । सेफ्टीका लागि कारमा ६ एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६० डिग्री क्यामेरालगायतका फिचर समावेश गर्नेछ ।
सो कार महिन्द्राले पेट्रोल र डिजेल इन्जिनमा लन्च गर्नेछ । यसमा १.५ लिटर डिजेल इन्जिन, १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.२ लिटर डाइरेक्ट इन्जेक्शन टर्बो पेट्रोल इन्जिन समावेश छ । यद्यपि कारमा १.२ लिटर टर्बो पेट्रोल टीजीडीआई इन्जिन पनि उपलब्ध हुनेछ, जुन ६ स्पिड अटोमेटिक गियरबक्सको साथ उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...