महिन्द्रा एक्सयूभी थ्रीएक्सओले पायो ५ स्टार रेटिङ

महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ । एसयूभीले वयस्क सुरक्षाका लागि २९.३६ अंक र बालबालिका सुरक्षाका लागि ४३ अंक प्राप्त गरेको छ ।

सो एसयूभीले फ्रन्टल अफसेट वेरियर परीक्षणमा, चालक र यात्रुको टाउको, घाँटी र माथिल्लो खुट्टालाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ । यसले ड्राइभरको छाती र खुट्टालाई पर्याप्त सुरक्षा तथा यात्रुको छाती र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ ।

एसयूभीले साइड मुभेबल ब्यारियर र साइड पोल इम्प्याक्ट टेस्टमा बस्नेहरूलाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ ।

भारत एनक्यापले यसको दुर्घटना सुरक्षा मूल्याङ्कनका लागि एएक्स७ एल र एमएक्स२ भेरिएन्टलाई परिक्षण गरेको हो । एसयूभीको सबै भेरिएन्टमा फ्रन्ट एयरब्याग, साइड हेड कर्टेन एयरब्याग, साइड चेस्ट र साइड पेल्भिस एयरब्याग राखिएको छ ।

अन्य सुरक्षा सुविधाहरूमा सीट बेल्ट प्रि–टेन्सनर्स तथा लोड लिमिटर, सीट बेल्ट रिमाइन्डरहरू, ईएससी र आइएसओफिक्स समावेश छन् । एक्सयूभी थ्रीएक्सओ नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा जावाको एड्भेन्चर टुरिङ मोटरसाइकल आरभीएम ५००

चर्चामा जावाको एड्भेन्चर टुरिङ मोटरसाइकल आरभीएम ५००

हालै इन्टरनेटमा एउटा मोटरसाइकलको तस्बिर निकै भाइरल बनेको छ । जावाको...

महिन्द्राको व्यापारमा स्कोरपियो र बोलेरोको योगदान ९६ प्रतिशत : यस्तो छ बजार मूल्य

महिन्द्राको व्यापारमा स्कोरपियो र बोलेरोको योगदान ९६ प्रतिशत : यस्तो छ बजार मूल्य

नेपाली बजारमा उपलब्ध महिन्द्राका गाडीहरु मध्ये सबैभन्दा धेरै बिक्री हुने...

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं–महिन्द्रा गाडिको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...