यस्तो हुनेछ महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियर

महिन्द्रा एक्सयुभी ३०० फेसलिफ्टको इन्टेरियर र एक्सटेरियरमा उपलब्ध हुने थप विवरणहरु बाहिर आएको छ । भारतमा परिक्षणका दौरान सो एसयूभीको महत्वपूर्ण फिचरहरु बाहिर आएको हो ।

सो एसयूभी हल्का बेज अपहोल्स्ट्रीसहितको डुअल टोन इन्टेरियरमा आउने निश्चित भएको छ । यसमा नयाँ ३–स्पोक स्टेयरिङ ह्वील र ठूलो टचस्क्रिन इन्स्ट्रुमेन्ट कन्सोल लगायत फिचर उपलब्ध हुने देखिएको छ ।

साथै यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इलेक्ट्रिक सनरुफ पनि उपलब्ध हुने अपेक्षा गरिएको छ । परीक्षण कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, अगाडि र पछाडि केन्द्र आर्मरेस्ट लगायत सबै सिटहरूको लागि थ्री–पोइन्ट सीट बेल्ट दिइइएको छ ।

महिन्द्राले बाहिरी भागमा केही कस्मेटिक परिवर्तनहरू पनि गरेको छ । यसमा बोल्ड देखिने सी आकारको डेटाइम रनिङ लाइट र पुनः डिजाइन गरिएको एलईडी लाइट पाउन सकिनेछ ।

यसको इन्जिन र पावरट्रेन भने पुरानै मोडलबाट लिइने हुँदा सो फेसलिफ्ट मोडल पनि १.२–लिटर टर्बो–पेट्रोल र १.५–लिटर डिजेल इन्जिन विकल्पका साथ म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

बजेटमा ८० प्रतिशत सम्म बैंक ऋण उपलब्ध गराउन र अन्य विभिन्न प्रावधान राख्न नाडाको माग

बजेटमा ८० प्रतिशत सम्म बैंक ऋण उपलब्ध गराउन र अन्य विभिन्न प्रावधान राख्न नाडाको माग

काठमाडौं – नियमानुसार भोलि जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउनु पर्नेछ ।...

१ लाख युनिटको आँकडा पार ग-यो महिन्द्रा थारले

१ लाख युनिटको आँकडा पार ग-यो महिन्द्रा थारले

महिन्द्रा थार लन्च भएदेखि यसको बिक्री तीव्र गतिमा बढेको छ । कम्पनीले पनि...

लन्च भएको १ वर्षपछि वुकिङ खुल्यो स्कर्पियो एनको, नेपाल आउन किन भयो ढिलाई ?

लन्च भएको १ वर्षपछि वुकिङ खुल्यो स्कर्पियो एनको, नेपाल आउन किन भयो ढिलाई ?

गत वर्षको असार महिनामा नेपाल, भारत र दक्षिण अफ्रिकामा एकसाथ लन्च गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...