महिन्द्राले चाँडै नै एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने, परीक्षण क्रममा देखियो

महिन्द्राले भारतीय बजारमा महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने तयारी गरिरहेको छ। थ्रीएक्सओको इलेक्ट्रिक संस्करण हालै परीक्षणको क्रममा देखिएको थियो । परीक्षणको क्रममा थ्रीएक्सओको इन्टेरियर डिजाइन पनि देखिएको छ ।  

थ्रीएक्सओ ईभीमा सी-आकारको डीआरएल र फेन्डर माउन्टेड चार्जिङ पोर्ट जस्ता फिचर देखिएको छ । यसको ड्युअल टोन अलोय ह्विल र कपर एक्सेन्टको नयाँ सेट पनि देखिएको छ । इलेक्ट्रिक मोडलको सिल्हुट यसको पेट्रोल-डिजेल मोडल जस्तै छ । यद्यपि, अगाडिको क्लोज ग्रिल र स्ट्याक्ड हेडल्याम्पको अलि फरक छ । यसमा चार्जिङ पोइन्ट प्यासेन्जर साइड फेन्डरमा प्रदान गरिएको छ। यसमा विभिन्न ब्याजिङ र अपग्रेडेड बम्पर दिइएको छ ।

इलेक्ट्रिक थ्रीएक्सओको इन्टेरियर एक्सयूभी४०० ईभीमा जस्तै प्रदान गरिएको छ । इलेक्ट्रिक थ्रीएक्सओमा एन्ड्रोनोक्स कनेक्टिभिटी सुइट, ६ वटा एयरब्याग, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुने अपेक्षा गरिएको छ ।

यद्यपि महिन्द्राले अहिलेसम्म थ्रीएक्सओको फिचरको बारेमा केही पनि खुलासा गरेको छैन । तर केही रिपोर्टका अनुसार थ्रीएक्सओ ईभीमा ३४.५ किलोवाट क्षमताको ब्याट्री प्याक प्रदान गर्ने अनुमान गरिएको छ । सो ब्याट्रीले फुल चार्ज गरेपछि ३७५ किलोमिटरसम्मको रेन्ज दिनेछ ।

महिन्द्राले अर्को वर्ष आफ्नो एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने योजना बनाएको छ । यसको मूल्य एक्सयूभी४०० भन्दा कम हुने अनुमान गरिएको छ । यसले भारतीय बजारमा टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

काठमाडौँ – सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो...

महिन्द्राले  सार्वजनिक गर्‍यो  ४ नयाँ एसयूभीको कन्सेप्ट, नयाँ डिजाइन र प्रविधिले भरिपूर्ण

महिन्द्राले सार्वजनिक गर्‍यो ४ नयाँ एसयूभीको कन्सेप्ट, नयाँ डिजाइन र प्रविधिले भरिपूर्ण

महिन्द्राले ४ नयाँ एसयूभीको अवधारणा प्रस्तुत गरेको छ । कम्पनीले अगस्ट १५...

ईभी बजारमा महिन्द्रा पायोनियर भएको र उचित समयमा विभिन्न मोडल नेपाल आउने बस्नेतको भनाइ

ईभी बजारमा महिन्द्रा पायोनियर भएको र उचित समयमा विभिन्न मोडल नेपाल आउने बस्नेतको भनाइ

नेपालको अटो बजार अहिले निकै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयसम्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...