अद्भुत टेक्नोलोजी र फिचरका साथ सिनेमा हल जस्तो देखिने दुई नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदै महिन्द्रा

महिन्द्रा एण्ड महिन्द्राले नोभेम्बर २९ मा अनलिमिट इन्डिया नामक कार्यक्रममा एक्सईभी ९ई र बीई ६ई नामक दुई नयाँ इलेक्ट्रिक एसयूभी पेश गर्ने भएको छ ।

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९ई र बीई ६ई मा आधुनिक टेक्नोलोजी प्रशस्त हुनेछ । कम्पनीले हालै यी एसयूभीको टिजर भिडियो जारी गरेको छ, जसमा यसको फ्यूचरिस्टिक ककपिट अनुभव हुनेछ भनेर देखाउँछ।

यसमा स्प्लिट सेन्टर कन्सोल र ड्युअल स्क्रिन डिस्प्लेका साथै स्टेयरिङ ह्विलमा इलुमिनेटेड बीई लोगो र पूरै क्याबिनमा एम्बियन्ट लाइटिङ यसरी देखिने छ कि सो कार सिनेमा हल जस्तो देखिनेछ । एक्सईभी ९ई मा लग्जरी कारमा जस्तै ३ वटा स्क्रिनहरू हुनेछ ।

महिन्द्राको नयाँ एक्सईभी ९ई र बीई ६ई एसयूभीमा एयरोडायनामिक बडी लाइन्स, ग्लासी ब्ल्याक क्लेडिङ, कुपे इस्पायर्ड रूफलाइन, क्लोज्ड अफ फ्रन्ट ग्रिल, सी आकारको डीआरएल, एङ्‍गुलर एलईडी टेलल्याम्प, फ्लश डोर ह्यान्डल, कपर ट्रिम्ड विन्डो लाइनसहित धेरै फिचर प्रदान गरिएको छ, जसले सो एसयूभीलाई निकै स्पोर्टी र आकर्षक देखाउँछ ।

मिडिया रिपोर्टका अनुसार सो एसयूभीमा ६० देखि ८० किलोवाटसम्मको ब्याट्री हुन सक्ने र सिंगल मोटर रियर ह्विल ड्राइभ र ड्युअल मोटर अल ह्विलल ड्राइभ हुन सक्ने अनुमान गरिएको छ । सो ब्याट्री सिंगल चार्जमा ५०० किलोमिटर देखि ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । यसलाई १७५ किलोवाटसम्मको डीसी चार्जरले ३० मिनेटमा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्षम हुनेछ ।

सम्बन्धित समाचारहरू

‘डिजेल किङ’का रुपमा स्थापित हुँदै महिन्द्रा, अन्य ब्रान्डको अवस्था के ?

‘डिजेल किङ’का रुपमा स्थापित हुँदै महिन्द्रा, अन्य ब्रान्डको अवस्था के ?

डिजेल कारको बजार पेट्रोल र सिएनजीले विस्थापित गरिरहेको सन्दर्भमा भारतमा...

महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

काठमाडौं – महिन्द्रा गाडीको सर्भिसिङलाई छिटो छरितो र प्रभावकारी बनाउन...

स्कोपिैयो एक्स बनेर आधुनिक फिचरका साथ आउँदै स्कोर्पियोको नयाँ भर्सन

स्कोपिैयो एक्स बनेर आधुनिक फिचरका साथ आउँदै स्कोर्पियोको नयाँ भर्सन

महिन्द्राले ‘स्कोर्पियो एक्स’ ट्रेडमार्क नेम दर्ता गरेको छ । यसका आधारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...