महिन्द्रा बोलेरो क्याम्पर र बोलेरो पिकअप नयाँ सुविधासहित अपडेट

महिन्द्राले आफ्ना लोकप्रिय सवारी साधन बोलेरो क्याम्पर र बोलेरो पिकअपलाई नयाँ अपडेटसहित लन्च गरेको छ। महिन्द्राले यी दुई मोडललाई थप आधुनिक, आरामदायी र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ सुविधा र डिजाइन परिवर्तनहरू समावेश गरेको जनाएको छ ।

महिन्द्राका अनुसार बोलेरो क्याम्पर र बोलेरो पिकअप दुवै मोडलमा नयाँ ग्राफिक्स समावेश गरिएको छ । यसले सवारी साधनलाई पहिलेभन्दा आकर्षक देखिन सहयोग पुर्‍याउने कम्पनीको दाबी छ। साथै, यी अपडेटहरूले दैनिक प्रयोग तथा व्यावसायिक कार्यमा सहजता थप्ने अपेक्षा गरिएको छ।

बोलेरो क्याम्परमा आईम्याक्स टेलिमेटिक्स सिस्टम थप गरिएको छ । यसका साथै नयाँ डेकल्स, साइड मिरर र डाेर ह्यान्डल जडान गरिएको छ। आरामका लागि पछाडिको हेडरेस्ट, एयर कन्डिसनिङ र हिटर सुविधा दिइएको छ भने ब्लुटुथ कलिङ सपोर्ट सहितको म्युजिक सिस्टम पनि समावेश गरिएको छ ।

त्यस्तै, बोलेरो पिकअपमा नयाँ फ्रन्ट इन्ड डिजाइन गरिएको छ। चालकको आराम बढाउन हेडरेस्टसहितको रिक्लाइनिङ ड्राइभर सिट प्रदान गरिएको छ भने सहचालकका लागि फराकिलो सिट उपलब्ध गराइएको छ।

नयाँ अपडेटसहित लन्च भएका बोलेरो क्याम्पर र बोलेरो पिकअपले व्यावसायिक प्रयोगका साथै ग्रामीण र शहरी क्षेत्रमा अझ प्रभावकारी विकल्पको रूपमा आफ्नो उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नको लागि महिन्द्रा ईएक्सयूभी३०० आउँदै

टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नको लागि महिन्द्रा ईएक्सयूभी३०० आउँदै

महिन्द्रा एन्ड महिन्द्राले अटोमोबाइल क्षेत्रमा नयाँ प्रोडक्ट लन्च गर्ने...

सडक परिक्षणका क्रममा देखियो नयाँ स्कर्पियो, यसै बर्षको मध्यसम्ममा सार्बजनिक हुने संभावना

सडक परिक्षणका क्रममा देखियो नयाँ स्कर्पियो, यसै बर्षको मध्यसम्ममा सार्बजनिक हुने संभावना

आफ्नो लोकप्रिय एसयुभी स्कर्पियोलाई पूर्णत नयाँ अबतारमा उतार्ने तयारी...

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

महिन्द्रा प्यासेन्जर कारको आधिकारिक बितरक अग्नी ग्रुुपले अबको ४ दिपछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...