चितवनमा सार्वजनिक भयो महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो

चितवन – महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आयोन ब्याट्रीबाट सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो गत मंगलबार चितवनमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेइकल्स (ईभी) को आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९, हाकिमचोक, चितवनमा उक्त ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरिएन्ट ८ लाख ४० हजार शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियो प्रयोग गरेमा ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्नसक्ने कम्पनीको भनाइ छ ।

महिन्द्रा ट्रियो १० हजार भन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

अग्नि इनर्जीका भरतपुर–९, हाकिमचोक, चितवनका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनियताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।

ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ ।

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू
१. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने
– इन्धनको बढ्दो भाउबाट अलग्गै रहने – वार्षिक रु २,००,०००÷बचत– पेट्रोल थ्री व्हीलरका तुलनामा
– पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी रु ०.८ भन्दा कमको सञ्चालन लागत
– दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने रकम रू १०० भन्दा कम – फूल चार्ज आठ युनिट, प्रति युनिट रू १२ र १२० किमी गुड्ने

२. उत्कृष्ठ पर्फेमेन्स
– उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क
– बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने ।
–प्राविधिक रूपमा उन्नत आइपी६७– रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ ।
– प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा – एक दिनमा बहु–यात्रा = थप आय

३. उन्नत लिथियम आयोन ब्याट्री
– मर्मत–सम्भारमुक्त, १,५०,०००+ किलोमिटर ब्याट्रीको आयु
– ट्रियो अटो चार्ज गर्न तपाईंकोे मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो छ । घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिन्छ ।

४. थकानमुक्त ड्राइभिङ अनुभव
–ट्रिओ प्रत्यक्ष–ड्राइव प्रसारण प्रणालीयुक्त (डाइरेक्ट ड्राइभ ट्रान्समिन युक्त) छ । गियर बद्लिनु पर्ने वा क्लच सञ्चालन गर्नुपर्ने हुँदैन ।
– २,०७३ मिलिमिटरको अग्लो ह्विलबेसले चालक र तीन जना यात्रुलाई आरामदायी सिटमा बस्नसक्ने फराकिलो क्याबिनलाई सक्षम बनाउँछ ।
– १२.७ डिग्रीको उच्चस्तरीय उचाइ चढ्न सक्ने क्षमता (ग्रेडिबिलिटी)ले यस्तो झुकाव लिनु ट्रिओको लागि सहज कुरा हो भन्ने सुनिश्चित गर्छ ।

५. आकर्षक डिजाइन
– यसको चित्ताकर्षक नीलो र सेतो रंगको रूपरेखाले सडकमा धेरैको ध्यानाकर्षण गर्नेछ ।
– डेन्ट–प्रतिरोधी, खियामुक्त, मोड्युलर एसएमसी प्यानलहरूले मम्र्मत र प्रतिस्थापन गर्न सजिलो प्रदान गर्दछ ।
–एग्रोनोमिकल्ली डिजाइन गरिएको सबै–डिजिटल उपकरण कन्सोलले ड्राइभिङ दायरा, ब्याट्री चार्ज आदि जस्ता महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराउँछ ।

६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि
– टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८०,००० किमी वारेन्टीसहित आउँछ – यो हाल नेपालमा अन्य अटोहरूभन्दा धेरै हो ।
– ब्यापक डिलर नेटवर्क

६. विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो मोबिलिटी प्लेटफार्म (NEMO Mobility Platform)
–टाढाबाटै गाडीको दायरा, जिओ–फेन्स, ट्रयाक स्पिड, स्थान र अन्य धेरै कुरा निगरानी गर्न सकिने

८. अन्य विशेषताहरू
– टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हीलको व्यवस्था ।
– ड्राइभिङ मोडहरू – एफएनआर (फरवार्ड, न्यूट्रल, रिभर्स), इकोनोमी र बूस्ट मोड, लक गर्न मिल्ने ग्लोभ बक्स, १२ भोल्ट सकेट
– १५ एएमपी अफ–बोर्ड चार्जर, खतरा सूचक, रिभर्स बजर
– शक्तिशाली हेडलाइटहरू
– मजबुत सस्पेन्सनले सडकमा खाल्डाखुल्डी भएपछि सञ्चालनको क्रममा मेरुदण्डमा पार्ने असरलाई माथिसम्म प्रशारण हुन दिँदैन ।

सम्बन्धित समाचारहरू

महिन्द्राको नयाँ लोगो आउँदै, एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग हुने

महिन्द्राको नयाँ लोगो आउँदै, एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग हुने

महिन्द्राले पछिल्लो समय बजारमा ल्याएको एसयूभी महिन्द्रा थार र बोलेरो नियो...

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

महिन्द्रा प्यासेन्जर कारको आधिकारिक बितरक अग्नी ग्रुुपले अबको ४ दिपछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...