लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्रा प्यासेन्जर कारको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जी प्रालिले नयाँ इलेक्ट्रिक अटो रिक्सा महिन्द्रा ट्रियो नेपाल ल्याएको छ । बिद्युतबाट चल्ने यो तीन पाङ्ग्रे अटो रिक्सालाई कम्पनीले आज एक कार्यक्रमको अयोजना गरी सार्बजनिक गरेको हो । एकपटक फूल चार्ज गर्दा १३० किलोमिटर गुडाउन मिल्ने ट्रियो नेपाली सडकका लागी उपयोगी रहने बताइएको छ ।
भारतमा विक्री सुरु भएको छोटो समयमा नै लोकप्रिय बनेको ट्रियोमा ७.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री जाडन गरिएको छ । उक्त व्याट्रीलाई ३ घन्टा ३० मिनेटमा घरमा उपलब्ध सामान्य प्लगबाट चार्ज गर्न सकिन्छ ।
एक पटक फुल चार्ज गर्दा ८ यूनिटमात्र विद्युत खपत हुने बताइएको यसको पावर १३.६ पीएस र टर्क ४४ एनएम रहेको छ । कम्पनीले यसमा ८० हजार किमि वा ३ वर्षको वारेन्टी प्रदान गर्ने बताएको छ । रिक्सामा विन्ड स्क्रिनिङ वाइपर, स्पेयर व्हिल प्रोभिजन, लकेबल ग्लोभ बक्स, ग्राब ह्याण्डल, १२ भोल्टको सकेट, हजार्ड इन्डिकेटर लगायत फिचर्स समावेश गरिएको छ । चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न मिल्ने यो रिक्साको मूल्य ८ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाली बजारमा हाल बजाज, टिभिएस, पियाजिओ र अतुल ब्रान्डका रिक्सा बिक्री हुँदै आइरहेकोमा ट्रियो समेत थप भएपछि बजार थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...