स्कर्पियो र वोलेरो पनि इलेक्ट्रिक भर्सनमा आउने
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
काठमाडौं – नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक,अग्नि इन्कर्पोरेरेटेडले ‘महिन्द्रा उत्सव’ नाराका साथ ल्याएको योजना अन्तर्गत बम्पर पुरस्कार विजेताको घोषणा गरेको छ ।
महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि दशैँ, तिहार, छठ र विश्वकर्मा पूजालाई लक्षित गरि संचालन गरेको सो महिन्द्रा उत्सव अफर गत भाद्र १६ गते देखि मंसिर १५ गते सम्म लागू गरिएको थियो ।
आज अग्नि इन्कर्पोरेरेटेडले एकैसाथ आफ्नो ५ वटै शाखा विर्तामोड, जनकपुर, वीरगन्ज, चितवन र नेपालगंजमा लक्की ड्र गरी हरेक शाखाबाट एक एक जना विजेताहरुको घोषणा गरेको हो । यो योजना अन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभीए डिजी (डिजेल जेनरेटर) राखिएको थियो ।
बम्पर पुरस्कार विजेताहरुको चयन लक्की ड्रमार्फत आज ५ वटै शाखामा एकै साथ अग्नि ग्रुपका कर्मचारी तथा स्थानीय प्रतिनिधिहरु एवं ग्राहकको उपस्थितिमा गरिएको थियो ।
बम्पर पुरस्कार विजेताहरुमा ताप्लेजुङ्ग निवासी किरण मैनाली, जनकपुुरको सास स्टील प्रालि, भवानीपुुर वीरगन्ज निवासी श्रीमती मीनादेवी, हेटौडाको श्रीनिवास कन्सट्रक्सन र नेपालगन्जको बडाइया ताल पशुपंंशी तथा एग्रो फार्म रहेका छन् ।
यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा ट्रयाक्टरमा जोडिने अतिरिक्त खेती उपकरण महिन्द्रा रोटाभेटरमा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्मार्ट एलईडी टीभीका साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको थियो ।
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
महिन्द्रा एण्ड महिन्द्रा चाँडै नै नयाँ मोडल एक्सयूभी९०० पेश गर्ने भएको छ ।...
महिन्द्रा एन्ड महिन्द्राले अटोमोबाइल क्षेत्रमा नयाँ प्रोडक्ट लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...