चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन, रोमाञ्चक उत्सव योजनाको घोषणा

काठमाडौं – नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको अधिकृत वितरक अग्नि ग्रुपले बागमती प्रदेश अन्तर्गत चितवनको मिलनचोकमा आफ्नो डिलर नेटवर्क– बतास ब्रदर्स प्रालिको नयाँ शाखामा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम उद्घाटन गरेको छ ।

महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलहरूसहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त यो नयाँ बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशिष जोशी, जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासद्वारा शुक्रबार संयुक्त रूपमा उदघाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भने, ‘हामी ग्राहकहरूकोे आवश्यकताअनुसार महिन्द्रा ट्रयाक्टर उत्पादनको एक विस्तृत श्रृंखला उपलब्ध गराउन र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा अधिकतम ग्राहक सन्तुष्टि प्राप्तिका लगातार गुणस्तरीय सेवा प्रदान गर्नमा अधिक केन्द्रित रहँदै आएका छौं । हाम्रा विभिन्न मोडलका कृषि ट्रयाक्टरसँगै कृषि औजारहरूले निश्चित रूपमा खेतीको आवश्यकतालाई पूरा गर्नेछ ।’

बतास ब्रदर्सका प्रबन्ध निर्देशक सान्ताराज बतासले भने, ‘हाम्रो नयाँ महिन्द्रा ट्रयाक्टर शोरूमले महिन्द्राका २१५ डीआई युवराज, जिभो २४५ डीआई फोरडब्लूडी, नोभो अर्जुन ६०५ डीआई फोरडब्लूडी, ५७५ डीआई पीएस डीसी युभोजस्ता ट्राक्टरहरूका ग्राहकहरूलाई विक्री, गुणस्तरीय सक्कली स्पेयर पार्ट्स तथा सेवा प्रदान गर्नेछ । चितवनको यो राम्रोसँग सुसज्जित बिक्री केन्द्रले अन्तर्राष्ट्रिय स्तरको सेवा सहितको कम्पनीसम्म ग्राहकहरूको पहुँच बनाई अधिक सुविधाजनक र किफायती तुल्याई लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौं ।’

उद्घाटनका अवसरमा कम्पनीले ट्रयाक्टर ग्राहकहरूको लागि रोमाञ्चक उत्सव योजनाको घोषणा गरेको छ, जसमा एलईडी स्मार्ट टिभी वा रोटाभेटरमा ५० प्रतिशत छुट बीचको विकल्प, ६ वर्ष वारेन्टी अवधि, ५ लाखको व्यक्तिगत दुर्घटना बिमाका साथै ५ जना भाग्यशाली ग्राहकहरूका लागि ५ केभीए पावरोल डिजल जेनरेटरको बम्पर उपहार पनि समावेश छ । चाडपर्वको मौसमलाई लक्षित गरी सञ्चालन गरिएको यो योजना शोरूम उद्घाटन गरिएको मितिदेखि मंसिर १४ गते (नोभेम्बर २०२१) सम्म ३ महिनाको लागि लागू हुनेछ ।

कम्पनीले यस क्षेत्रमा नयाँ महिन्द्रा ट्रयाक्टर शोरूम र सर्भिस सेन्टरको स्थापनाले आगामी दिनहरूमा ग्राहक र कम्पनी बीचको विश्वासलाई अझ बलियो बनाउन तथा हालका एवं नयाँ उद्यमी र कृषकहरूलाई लाभान्वित हुने सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

२ लाख २० हजार भारु सम्मले सस्तो भयो एक्सयूभी ७००, नेपाली बजारमा कस्तो पर्ला प्रभाव ?

२ लाख २० हजार भारु सम्मले सस्तो भयो एक्सयूभी ७००, नेपाली बजारमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं– महिन्द्राले आफ्नो फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० मा एकैपटक २...

स्कोर्पियो र एक्सयूभी ७०० लाई पछि पार्दै महिन्द्राको यो एसयूभी बन्यो बेस्ट सेलर

स्कोर्पियो र एक्सयूभी ७०० लाई पछि पार्दै महिन्द्राको यो एसयूभी बन्यो बेस्ट सेलर

महिन्द्राको ३ एसयूभी एक्सयूभी७००, स्कोर्पियो एन र स्कोर्पियो क्लासिकको...

फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्दै महिन्द्रा

फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्दै महिन्द्रा

महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...