महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० को टिजर सार्वजनिक, सेप्टेम्बर ८ मा लन्च हुने
महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले एक्सयूभी४०० को...
महिन्द्राले एक्सईभी ७ई इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । सम्भवतः सो इलेक्ट्रिक एसयूभी अप्रिल २०२५ मा भारतमा लन्च हुने अपेक्षा गरिएको छ । यसको मूल्य २१ लाखदेखि ३० लाख भारुसम्म हुने अनुमान गरिएको छ ।
सो इलेक्ट्रिक एसयूभी ७ सिटको हुनेछ र यसलाई इङग्लो प्लेटफर्ममा निर्माण गरिनेछ। यसको डिजाइन महिन्द्राको एक्सयूभी७०० सँग मिल्दोजुल्दो छ, तर यसमा इलेक्ट्रिक सवारीको लागि विशेष परिवर्तन गरिएको छ ।
यसमा १२.३ इन्चका तीन वटा डिजिटल ड्राइभर डिस्प्ले, इन्फोटेनमेन्ट र को-प्यासेन्जर डिस्प्ले हुनेछ । साथै, प्यानोरामिक सनरूफ, पावर्ड र भेन्टिलेटेड सिट, वायरलेस चार्जिङ, ड्युअल-स्पोक स्टेयरिङ ह्विल, टायर प्रेशर मोनिटरिङ सिस्टम र लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता फिचर पनि समावेश हुनेछ।
नयाँ एक्सईभी ७ई मा ५९ किलोवाट र ७९ किलोवाट आवर ब्याट्री विकल्प उपलब्ध हुनेछ । यसको ५९ किलोवाट ब्याट्रीले २३१ पीएस पावर र ३८० एनएम टर्क उत्पादन गर्नेछ भने ७९ किलोवाट ब्याट्रीले २८६ पीएस पावर र ३८० एनएम टर्क दिनेछ। यसले एक पटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने अपेक्षा गरिएको छ।
नेपालमा यसको उपलब्धता र मूल्यबारे हालसम्म आधिकारिक जानकारी उपलब्ध छैन । तर, भारतमा लन्च भएपछि केही समयमै नेपाली बजारमा पनि सो गाडी उपलब्ध हुने सम्भावना छ।
महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले एक्सयूभी४०० को...
यो बर्ष अर्थात सन् २०२१ मा भारतमा थुपै्र ब्रान्डले नयाँ मोडलका कार लन्च...
कम्प्याक्ट एसयूभीको लोकप्रियताका कारण कम्पनीहरूले आफ्ना प्रोडक्टहरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...