महिन्द्राले एक्सईभी ७ई इलेक्ट्रिक एसयूभी २०२५ मा लन्च गर्ने, ५०० किमी रेन्जको अपेक्षा

महिन्द्राले एक्सईभी ७ई इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । सम्भवतः सो इलेक्ट्रिक एसयूभी अप्रिल २०२५ मा भारतमा लन्च हुने अपेक्षा गरिएको छ ।  यसको मूल्य २१ लाखदेखि ३० लाख भारुसम्म हुने अनुमान गरिएको छ ।

सो इलेक्ट्रिक एसयूभी ७ सिटको हुनेछ र यसलाई इङग्लो प्लेटफर्ममा निर्माण गरिनेछ। यसको डिजाइन महिन्द्राको एक्सयूभी७०० सँग मिल्दोजुल्दो छ, तर यसमा इलेक्ट्रिक सवारीको लागि विशेष परिवर्तन गरिएको छ ।

यसमा १२.३ इन्चका तीन वटा डिजिटल ड्राइभर डिस्प्ले, इन्फोटेनमेन्ट र को-प्यासेन्जर डिस्प्ले हुनेछ । साथै, प्यानोरामिक सनरूफ, पावर्ड र भेन्टिलेटेड सिट, वायरलेस चार्जिङ, ड्युअल-स्पोक स्टेयरिङ ह्विल, टायर प्रेशर मोनिटरिङ सिस्टम र लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता फिचर पनि समावेश हुनेछ।

नयाँ एक्सईभी ७ई मा ५९ किलोवाट र ७९ किलोवाट आवर ब्याट्री विकल्प उपलब्ध हुनेछ । यसको ५९ किलोवाट ब्याट्रीले २३१ पीएस पावर र ३८० एनएम टर्क उत्पादन गर्नेछ भने ७९ किलोवाट ब्याट्रीले २८६ पीएस पावर र ३८० एनएम टर्क दिनेछ। यसले एक पटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने अपेक्षा गरिएको छ।

नेपालमा यसको उपलब्धता र मूल्यबारे हालसम्म आधिकारिक जानकारी उपलब्ध छैन । तर, भारतमा लन्च भएपछि केही समयमै नेपाली बजारमा पनि सो गाडी उपलब्ध हुने सम्भावना छ।

सम्बन्धित समाचारहरू

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

महिन्द्रा प्यासेन्जर कारको आधिकारिक बितरक अग्नी ग्रुुपले अबको ४ दिपछि...

अर्को हप्ता लन्च हुँदैछ नयाँ स्कोर्पियो : यस्ता महत्वपूर्ण हुनेछन् ५ विशेषता

अर्को हप्ता लन्च हुँदैछ नयाँ स्कोर्पियो : यस्ता महत्वपूर्ण हुनेछन् ५ विशेषता

महिन्द्राले चाँडै आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी स्कोर्पियो–एन जुन २७ मा...

स्कर्पियो क्लासिकको वोस एडिसन सार्बजनिक, के छ नयाँ ?

स्कर्पियो क्लासिकको वोस एडिसन सार्बजनिक, के छ नयाँ ?

काठमाडौं– भारतिय एसयूभी जायन्ट महिन्द्राले आफ्नो लोकप्रिय मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...