नयाँ फिचरसहित महिन्द्रा थार रोक्स अगस्ट १५ मा लन्च हुने

महिन्द्राले महिन्द्रा थार रोक्सलाई नयाँ एसयूभीको रूपमा चाँडै लन्च गर्ने तयारी गरिरहेको छ। सो एसयूभी लन्च हुनुअघि नयाँ भिडियो सार्वजनिक भएको छ । 

रिपोर्टका अनुसार महिन्द्राले फाइभ डोर थार रोक्स अगस्ट १५ मा लन्च गर्ने भएको छ । हालै सार्वजनिक भएको भिडियोमा यसको जानकारी दिइएको हो ।

महिन्द्रा थार रोक्सको फ्रन्टमा हेक्सागोनल कालो इन्सर्टका साथै अपडेट गरिएको डबल-स्लेटेड ग्रिल सेक्शन र माथि महिन्द्रा लेखिएको छ । यसको साथै गोलाकार एलईडी हेडल्याम्प र सी आकारको एलईडी डेटाइम रनिङ लाइट पनि समावेश छ । सो एसयूभीमा नयाँ डिजाइन गरिएको अलोय ह्विल र बाक्लो कालो ह्विल आर्च क्ल्याडिङ समावेश छ ।

महिन्द्रा थार रोक्स २.२ लिटर फोर-सिलिन्डर एमहक डिजेल र २.० लिटर एमस्ट्यालिङ पेट्रोल इन्जिनले सुसज्जित हुनेछ । तल्लो र मिड-स्पेक ट्रिमका लागि सानो १.५ लिटर डिजेल इन्जिनको सम्भावना पनि छ। ट्रान्समिसनका लागि यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर समावेश हुनेछ ।

सो एसयूभीमा प्यानोरामिक सनरुफ, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीसहितको १०.२५ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा सिस्टम, माउन्टेड कन्ट्रोलसहितको स्टेयरिङ ह्विल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एलईडी फगल्याम्प जस्ता फिचर दिन सक्ने सम्भावना छ ।

थार रोक्सले फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्नेछ । यसको सुरुवाती मूल्य लगभग १५ लाख भारु हुनेछ ।  

सम्बन्धित समाचारहरू

सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य

सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य

कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार...

लन्चिङ भन्दा पहिले नै फुल लुकमा लिक भयो महिन्द्रा एक्सयूभी ७००

लन्चिङ भन्दा पहिले नै फुल लुकमा लिक भयो महिन्द्रा एक्सयूभी ७००

महिन्द्रा एक्सयूभी ७०० को चर्चा केही समय यता बढ्दै गएको छ । धेरैले यसको...

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...