स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्ने सम्झौतालाई अन्तिम चरणमा पुर्याएको छ ।

मिडिया रिपोर्टका अनुसार महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर ८० करोड देखि १ बिलियन डलरको मुल्यमा खरिद गर्न खोजेको हो ।

यो सम्झौता पूरा भएमा महिन्द्राको उत्पादन क्षमता बृद्धि हुने र सवारी साधनको संरचना तथा प्रविधिहरूमा पहुँच प्राप्त हुनेछ । अर्कोतर्फ, यसको युरोपेली साझेदारले भविष्यका आईसिई र ईभी कारका लागि महिन्द्राको कम लागतको प्लेटफर्मबाट लाभ उठाउनेछ ।

पछिल्लो रिपोर्ट अनुसार यी दुई कम्पनीबिच वार्ता अझै जारी छ । स्कोडा अटो र फक्सवागन इन्डियाले २ अर्ब डलरको मूल्याङ्कन खोजिरहेको भएपनि ८० करोडदेखि १ अर्ब डलरमा सम्झौता हुने पक्कापक्कि जस्तै भएको हो । महिन्द्राले आफ्नो नयाँ फ्लेक्सिबल आर्किटेक्चर (एनएफए) प्लेटफर्म सेयर गर्ने ४ हजारदेखी ५ हजार करोड भारुसम्म लगानी थप गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताले नेक्स्ट जेन कुशाक र टाइगुनको विकासलाई असर गर्न सक्ने उल्लख गरिएको छ । सम्झौता कार्यन्वयनमा आएपछि यी दुबै ब्रान्डका एसयूभीमा फक्सवागनको इन्जिन प्रयोग हुने र लगात घटाउन महिन्द्राको एनएफए प्लटेफर्म प्रयोग गरिने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखिएको महिन्द्रा एक्सयूभी ७०० ईभी चाँडै लन्च हुने सम्भावना

परीक्षणको क्रममा देखिएको महिन्द्रा एक्सयूभी ७०० ईभी चाँडै लन्च हुने सम्भावना

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी महिन्द्रा एक्सयूभी ७०० ईभीको...

महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको नेपालमा बिक्री शुरु हुँदै, यस्ता छन् फिचर र पावरट्रेन

महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको नेपालमा बिक्री शुरु हुँदै, यस्ता छन् फिचर र पावरट्रेन

महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट मोडल ‘टर्वो स्पोर्ट’ छिट्टै नेपाली...

सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...