महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने
महिन्द्राले हालै भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ईको नाम...
भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले ५ बर्षभित्र १३ वटा नयाँ मोडलका सवारीसाधन उतार्ने योजना बनाएको छ । जसमध्ये ८ वटा मोडल इलेक्ट्रिक हुने उसको भनाई छ । कम्पनीले सन् २०२७ भित्र यी सवारीसाधनलाई बजारमा उतार्ने योजना बनाएको हो ।
यो सुचीमा केयुभी १०० र एक्सयुभी ७०० को इलेक्ट्रिक भर्सन र नयाँ मोडल एक्सयुभी ४०० समेत सामेल हुनेछन् । अघिल्लो बर्षको अटो शोमा देखाइएको एक्सयुभी ३०० को इलेक्ट्रिक भर्सनलाई भने २०२२ भित्रै लन्च गरिसक्ने उसको भनाई छ । महिन्द्राले यो इलेक्ट्रिक एसयुभीलाई मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा तयार गरिरहेको छ । तत्कालका लागि ३५० भोल्टको पावर ट्रेन रहने यो एसयुभीलाई केही समयपछि बढाएर ३८० भोल्ट पुर्याइने छ ।
त्यसैगरी २०२३ भित्र लन्च गर्ने तयारीमा रहेको एक्युभी ४०० मा कोरियन ब्रान्ड एलजीद्धारा निर्मित आधुनिक प्रबिधीको लिथियम आयोन ब्याट्री जडान गर्ने योजना कम्पनीले बनाएको छ । जसका लागि उसले एलजीसंग सम्झौता समेत गरिसकेको छ । यो एसयुभीको बेस मोडलको मूल्य टाटा नेक्सन इभी सरह रहने छ भने टप मोडलको भने एमजी जेडएस इभी सरह रहने अनुमान लगाइएको छ ।
महिन्द्राले हालै भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ईको नाम...
ग्लोबल एनक्यापले भारतमा गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको...
नेपाली बजारमा महिन्द्रा गाडीको अभाव देखिएको छ । सेमी कन्डक्टर अभावका कारण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...