महिन्द्रा थार रक्सले पायो उत्कृष्ट प्रतिक्रिया, एक घण्टामा १ लख ७६ हजार भन्दा बढी युनिट बुक

महिन्द्राले फाइभ डोर थार रक्स अगस्ट महिनामा लन्च गरेको थियो । त्यसपछि असोज ३ गतेबाट यसको बुकिङ सुरु भएको थियो । हाल थार रक्सका लागि उत्कृष्ट प्रतिक्रिया पाएको छ । बुकिङ खुला गरेको मात्र एक घण्टामा एसयूभीले १ लाख ७६ हजार २१८ युनिटको बुकिङ पाएको छ ।

महिन्द्राले थार रक्समा दुई इन्जिन विकल्प प्रदान गरेको छ । जसमा २ लिटर क्षमताको एमस्टालिङ र २.२ लिटर क्षमताको एमहर्क इन्जिनको विकल्प दिइएको छ । यसको २ लिटर इन्जिनको म्यानुअल ट्रान्समिसनले ११९ किलोवाट पावर र ३३० एनएम टर्क दिन्छ । जबकि ६ स्पिड अटोमेटिक टर्क कन्भर्टरले १३० किलोवाटको पावर र ३८० एनएमको टर्क प्रदान गर्छ । यसको २.२ लिटर इन्जिनले १११.९ किलोवाट पावर र म्यानुअल ट्रान्समिशनसहित ३३० एनएम टर्क, १११.९ र १२८.६ किलोवाट पावर र ६ स्पिड अटोमेटिकको साथ ३३० र ३७० एनएम टर्क प्रदान गर्छ ।

महिन्द्रा थार रक्समा कम्पनीले धेरै उत्कृष्ट फिचर्स दिएको छ । यसमा ड्राइभर र प्यासेन्जर एयरब्याग, साइड र पर्दा एयरब्याग, टीपीएमएक, पार्किङ सेन्सर, रियर क्यामेरा, ई-कल, एसओएस, रियर डिस्क ब्रेक, ईएससी,  ईबीडी, एबीएस, हिल होल्ड, हरमन कार्डन अडियो सिस्टम, २६.०३ सेमी इन्फोटेनमेन्ट सिस्टम, २६.०३ सेमी एचडी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, सराउण्ड भ्यू क्यामेरा, लेभल-२ एडीएएस, फ्रन्ट भेन्टिलेटेड सिट, अटो टेम्परेचर कन्ट्रोल, रियर एसी भेन्ट्स, अटो हेडल्याम्प, रियर वाइपर र वाशर, कूल्ड ग्लोभ बक्समा पुश बटन स्टार्ट, क्रुज कन्ट्रोल, पानोरामिक सनरुफ, एलईडी लाइट र एलईडी डीआरएल जस्ता फिचर उपलब्ध छ ।

कम्पनीले यसलाई ६ वटा भेरिएन्टमा लन्च गरेको छ । यसको टु-ह्विल ड्राइभ भेरिएन्टको मूल्य १२ लाख ९९ हजारबाट सुरु हुन्छ र यसको शीर्ष भेरिएन्टको मूल्य २० लाख ४९ हजार भारु राखिएको छ । यसको फोर-ह्विल ड्राइभ भेरिएन्टको मूल्य १८ लाख ७९ हजारबाट सुरु हुन्छ र यसको शीर्ष भेरिएन्टको मूल्य २० लाख ९९ हजार भारु राखिएको छ ।

सम्बन्धित समाचारहरू

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता

काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...

महिन्द्राको स्पेयर पार्टस आउटलेट अब भोजपुरमा पनि

महिन्द्राको स्पेयर पार्टस आउटलेट अब भोजपुरमा पनि

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको...

महिन्द्राले स्कोर्पियो पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले स्कोर्पियो पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरिरहेको छ । रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...