महिन्द्रा थार ५ डोरमा एडीएएस र सनरुफ लगायत नयाँ फिचर उपलब्ध हुने

महिन्द्रा एण्ड महिन्द्राले अगस्त १५, २०२४ मा ५ डोर थार आर्माडा भारतीय बजारमा पेश गर्ने भएको छ । नयाँ थारको एक्सटेरियर हालको ३ डोर मोडलको तुलनामा केही भिन्नता हुनेछ, जबकि यसको इन्टेरियर नयाँ फिचर र टेक्नोलोजीले सुसज्जित हुनेछ ।

नयाँ थारमा २.० लिटर एमस्टालिओन ४ सिलिन्डर पेट्रोल र २.२ लिटर एमहक ४ सिलिन्डर डिजेल इन्जिन उपलब्ध हुनेछ । दुवै इन्जिनलाई ६ स्पिड म्यानुअल वा ६ स्पिड टर्क कन्भर्टर एटीसँग जोडिनेछ ।

सो एसयूभीको ह्विलबेस लामो हुनेछ र यसको क्याबिनले सबैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । रिपोर्ट अनुसार आगामी थार ड्युअल टोन ड्यासबोर्ड र सेतो अपहोल्स्ट्रीको साथ आउनेछ ।

महिन्द्राको ५ डोर थार कुल ३ देखि ४ भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा सनरुफ, इलेक्ट्रिकली एडजस्टेबल भेन्टिलेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पछाडि एसी भेन्ट र पछाडिका यात्रुहरूका लागि रिडिङ ल्याम्प समावेश हुनेछ ।

यसमा ६ एयरब्याग, एडीएएस, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको साथम १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र रियरभ्यू मिरर भित्र अटो–डिमिङ जस्ता फिचर समावेश हुनेछ । यसको टप स्पेक ट्रिम्समा ४×४ सिस्टम समावेश हुनेछ ।

नयाँ ५ डोर थारमा ३ डोर थारमा जस्तै अपराइट प्रपोर्शन र टल पिलर्स दिइनेछ । यसको प्रारम्भिक मूल्य लगभग १५ लाख भारु भन्दा बढी हुने अपेक्षा गरिएको छ । यो स्कोर्पियो एन जस्तै लेडर फ्रेम च्यासिसमा आधारित हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाल र भारत दुवै देशबाट एकैपटक आज सार्वजनिक हुँदै महिन्द्रा स्कोर्पियो एन

काठमाडौं – महिन्द्राले बजारमा पहिले देखि लोकप्रिय मानिएको स्कोर्पियो...

कुरिनटारमा खुल्यो महिन्द्राको थ्रीएस सुविधा सहितको नयाँ शोरुम

कुरिनटारमा खुल्यो महिन्द्राको थ्रीएस सुविधा सहितको नयाँ शोरुम

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले कुरिन्टारमा...

जावा मोटरसाइकल अब दाङ्ग र धनगढीमा पनि किन्न पाइने

जावा मोटरसाइकल अब दाङ्ग र धनगढीमा पनि किन्न पाइने

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...