फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा
भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...
भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गर्ने भारतकै सर्बाधिक शक्तिशाली अफरोडर एसयूभी थार तत्काल नेपाल आउने सम्भावना टरेको छ । भारतीय बजारमा अत्यधिक माग रहेको र माग अनुसार उत्पादन हुन नसकेका कारण यो एसयूभी तत्काल नेपाल आउने सम्भावना टरेको हो ।
सन् २०२१ भित्र यो एसयूभी नेपाल आउने सम्भावना नरहेको नेपालका लागि आधिकारिक बितरक अग्नि इन्कर्पोरेटेड स्रोतले नेपाल अटोलाई जानकारी दिएको छ । उक्त स्रोतका अनुसार भारतीय बजारमै ५० हजारभन्दा बढी बुकिङ रहेका कारण थारलाई नेपाल आउन समय लाग्नेछ । कम्पनीले उत्पादन बढाउँदै लगेको खण्डमा यो एसयूभी सन् २०२२ को पहिलो महिना अर्थात जनवरीभित्र नेपाल भित्रिन सक्ने स्रोतको भनाइ छ ।
भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपाली अटो पारखीमाझ समेत चासोको विषय बनेको थारबारे जिज्ञासा राख्ने ग्राहक बढिरहेका छन् । स्रोतका अनुसार यो एसयूभीको बुकिङ लिन चाहने ग्राहक बढिरहे पनि नेपाल भित्रिने मिति टुङ्गो नलागेका कारण कम्पनीले यस बिषयमा कुनै योजना बनाएको छैन । ‘नेपाल भित्रिने मिति टुङ्गो लागेपछि मात्र हामी बुकिङ लिनेतर्फ अघि बढ्छौ । भारतमै यसको बुकिङ अत्यधिक संख्यामा पेन्डिङ रहेका कारण बुकिङको नाममा ग्राहकलाई अलमल्याएर राख्ने अबस्था छैन । त्यसैले हाल यो एसयूभीका बारेमा जानकारी लिन चाहने ग्राहकलाई हामीले सत्यतथ्य कुरा बताइरहेका छौ’ स्रोतले भन्यो ।
थारको मूल्य भारतीय बजारमा १२ लाख ७८ हजार भारुदेखि सुरुवात गरिएको छ । सोही मूल्यलाई आधार मान्दा नेपालमा यसको मूल्य ५५ लाख माथिबाट सुरु हुने देखिन्छ ।
यस्तो छ बहुप्रतिक्षित महिन्द्रा थारका विशेषता
भारतीय बजारमा सर्बाधिक शक्तिशाली अफरोडरको पहिचान बनाएको थार म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध छ । पेट्रोल इन्जिनमा अटोमेटिक ट्रान्समिसन मात्र र डिजेलमा अटोमेटिक र म्यानुअल दुबै गरी यो ३ भेरिएन्टमा उपलब्ध छ ।
पेट्रोल इन्जिनमा थारलाई २ हजार सीसी क्षमतामा टर्बो सहित उपलब्ध गराइएको छ । जसको अधिकतम पावर १५० बीएचपी र टर्क ३२० एनएम रहेको छ । त्यसैगरी डिजेल इन्जिनमा यो २२ सय सिसी क्षमतामा उपलब्ध छ । जसको अधिकतम पावर १३० बीएचपी र टर्क ३०० एनएम रहेको छ । अफरोडर भएका कारण यसको ग्राउन्ड क्लियरेन्स समेत उच्च छ । यो एसयुभीमा सेग्मेन्टमै सर्बाधिक बढी २२६ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । यो एसयुभीले प्रतिलिटर इन्धन खपतमा १५ किलोमिटर बराबर माइलेज दिने दाबी गरिएको छ ।
एउटा आधुनिक र सुरक्षित एसयूभीमा उपलब्ध हुने प्रायः सम्पूर्ण फिचर्स उपलब्ध गराइएको यो एसयूभीले ग्लोबल एनक्यापको क्र्यास टेष्टमा ४ स्टार सेफ्टी रेटिङ हात पारेको छ ।
भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...
काठमाडौं– महिन्द्राले निकट भविष्यमा ल्याउने तयारी गरेकोे एक्सयूभी ३००...
महिन्द्राको ३ एसयूभी एक्सयूभी७००, स्कोर्पियो एन र स्कोर्पियो क्लासिकको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...