१० दिनपछि विक्री शुरु हुँदै अर्को नयाँ इलेक्ट्रिक सिटी कार, मूल्य २२ लाख ५० हजार
नेपाली अटो बजारमा अर्को नयाँ मिनी इलेक्ट्रिक कारको विक्री शुरु हुने भएको छ...
महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभीको टिजर जारी गरेको छ । महिन्द्राले यसअघि ३ वटा इलेक्ट्रिक एसयूभी लन्च गर्ने घोषणा गरेको थियो । महिन्द्राले १५ अगस्ट २०२२ मा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने भएको छ, यसलाई बोर्न इलेक्ट्रिक भिजन अन्तर्गत ल्याउन लागिरहेको छ ।
महिन्द्राले यसअघि एक्सयूभी४०० इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको थियो । नयाँ टिजरमा ५ फरक डिजाइनका एसयूभी देख्न सकिन्छ । यो बोर्न इलेक्ट्रिक अन्तर्गत ल्याइने ७ मोडल मध्ये ५ हुनेछ ।
सार्वजनिक गरेको टिजरमा एक्सयूभी९०० कुपे मोडल जस्तो देखिन्छ । साथै एक्सयूभी३०० को इलेक्ट्रिक भर्सन एक्सयूभी ४०० नामले ल्याउने भएको छ । कम्पनीले आगामी दिनमा यी इलेक्ट्रिक एसयूभीको नयाँ टिजर जारी गर्न सक्ने अपेक्षा गरिएको छ ।
महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभीमा सी–आकारको एलईडी लाइट र पछाडि एलईडी लाइट स्ट्रिप देख्न सकिन्छ ।
महिन्द्राले कन्सेप्ट कार सन् २०२५ सम्ममा उत्पादनका लागि तयार हुने पुष्टि गरेको छ । यो भन्दा पहिला कम्पनीले एक्सयुभी३०० इलेक्ट्रिक एसयूभी २०२३ को सुरुवातमा लन्च गर्ने योजना बनाएको छ । महिन्द्राले सन् २०२७ सम्ममा ८ वटा इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ ।
महिन्द्राले नयाँ ईभी सब्सिडियरी कम्पनी स्थापना गर्ने योजना बनाएको खुलासा गरेको छ । कम्पनीले बेलायतमा रहेको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) सँग सम्झौता गरेको बताएको छ ।
नेपाली अटो बजारमा अर्को नयाँ मिनी इलेक्ट्रिक कारको विक्री शुरु हुने भएको छ...
काठमाडौं – नेपाल इलेक्ट्रिक भेइकल इन्डष्ट्रि रिसर्च एन्ड इनोभेसन प्रालि...
काठमाडौं – नेपालमा दिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...