महिन्द्रा एक्सयूभी ७०० ले पायो फाइभ स्टार सेफ्टी रेटिङ, भित्रिदै नेपाल
महिन्द्राले हालै भारतीय बजारमा उपलब्ध गराएको महिन्द्रा एक्सयूभी ७०० को...
नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो सरल किस्ताबन्दिमा खरिद गर्न पाइने भएको छ । महिन्द्रा कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले मासिक २० हजार ८ सय रुपैयाँको किस्ताबन्दिमा यो भ्यान उपलब्ध गराउँदै आएको छ ।
भ्यानको मूल्य १५ लाख २५ हजार रुपैयाँ पर्छ । बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा ६० प्रतिशतसम्म फाइनान्स सुबिधामा यो भ्यान उपलब्ध गराउँदै आइरहेको कम्पनी स्रोतको भनाइ छ ।
कम्पनीका अनुसार यो भ्यान ९०९ सीसी इन्जिन क्षमताको सेग्मेन्टकै पहिलो डिजेल कार्गो भ्यान हो । जसको पेलोड क्षमता ६० किलोग्राम र माइलेज २१ किलोमिटर प्रतिलिटर रहेको छ ।
महिन्द्राको बलियो तथा मजबुत इन्जिन जडान गरिएको हुँदा पर्फमेन्स समेत उच्च रहेको कम्पनीको दावी छ । एक स्थानबाट अर्को स्थानमा हलुका सामान ढुवानी गर्न उपयुक्त मानिने विशेषताका कारण नेपालका सहरी भेगमा कार्गो भ्यान लोकप्रिय मानिन्छ ।
हाल बजारमा मारुती सुजुकी र महिन्द्राले यस्ता साधन उपलब्ध गराउँदै आइरहेका छन् ।
महिन्द्राले हालै भारतीय बजारमा उपलब्ध गराएको महिन्द्रा एक्सयूभी ७०० को...
महिन्द्राले पछिल्लो समय बजारमा ल्याएको एसयूभी महिन्द्रा थार र बोलेरो नियो...
काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित सुवर्णस्वरबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...