लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले हालै भएको बीई६ आगलागी घटनाबारे एक आधिकारिक विज्ञप्ति जारी गरेको छ । उत्तर प्रदेशको एक राजमार्गमा गुडिरहेको बीई६ ईभीमा अचानक आगलागी भएको थियो ।
सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा विद्युतीय एयुभी सडकको बीचमा अड्किएको र पूर्ण रूपमा आगो लागेर नष्ट भएको देखाइएको छ ।
महिन्द्राले जारी गरेको आधिकारिक विज्ञप्तिमा, कम्पनीले डिफ्लेटेड टायरलाई दोष लगाएको छ । पूर्ण रूपमा डिफ्लेटेड टायरमा लगभग ६० किलोमिटर/घण्टाको गतिमा १० मिनेटभन्दा बढी समयसम्म चलाइएको कारण ईभीमा आगलागी भएको दाबी गरिएको छ ।
सेफ्टि सिस्टमले डिजाइन गरिएअनुसार नै काम गरेको तथा ईभी ब्याट्री र मोटर पूर्ण रूपमा सुरक्षित रहेको कम्पनी भनाई छ ।
विज्ञप्तीमा महिन्द्राले भनेको छ :
– अनबोर्ड सेन्सर डेटा र सफ्टवेयर डायग्नोस्टिक्सको अनुसन्धानको आधारमा, हामी पुष्टि गर्छौं कि आगलागीमा ईभी ब्याट्री र मोटर पूर्ण रूपमा जिम्मेवार छैनन । गुणस्तर र सुरक्षामा हाम्रो सर्वोच्च प्राथमिकता रहन्छ ।
– सबै सुरक्षा प्रणालीहरूले डिजाइन गरिए अनुसार काम गरेका कारण चालक र सबै यात्रुहरू सुरक्षित रूपमा गाडीबाट बाहिर निस्किए र कुनै हानि भएन ।
– टायर उच्च तापक्रमको अलर्ट जारी भएलगत्तै गाडीको गति सीमित र बन्द गर्ने सिस्टम सक्रिय भएका कारण गाडीलाई सुरक्षित रूपमा रोक्न सकिएको थियो ।
– बाह्य स्रोतबाट उत्पन्न हुने तीव्र थर्मल रनवेका बावजुद, उच्च भोल्टेज ब्याट्री पूर्ण रुपमा सुरक्षित रहेको छ ।
– बारम्बार टायर प्रेसर अलर्टहरु जारी हुँदा पनि कार पूर्ण रूपमा डिफ्लेटेड टायरमा लगभग ६० किमी/घण्टाको गतिमा १० मिनेट भन्दा बढी समयसम्म चलाइएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...