असफल भयो महिन्द्रा र साङयोङ बिचको साझेदारी, बिक्री भयो साङयोङको सबै स्वमित्व

महिन्द्रा एन्ड महिन्द्रा र कोरियन अटो मेकर साङयोङ बिचको साझेदारी अन्तत असफल भएको छ । सन् २०१० मा महिन्द्राले साङयोङको ७५ प्रतिशत सेयर खरिद गरेर प्रिमियम एसयुभी सेग्मेन्टमा बजार हिस्सा बढाउने अपेक्षा लिएको थियो । तर ११ बर्ष बित्दासमेत उक्त अपेक्षा पुरा हुन नसकेको र उल्टै कम्पनी घाटामा गएको भन्दै महिन्द्राले आफ्नोसहित साङयोङको पूर्ण स्वमित्व अर्को कोरियाली कम्पनी इडिसन मोटर्सलाई २५ कारोड ४६ लाख ५० हजार डलरमा बिक्री गरेको छ ।

साङयोङसंगको साझेदारीमा महिन्द्राले एक्सयुभी ३०० र अलटुरस जी४ एसयुभी उत्पादन गरेको थियो । यी दुई एसयुभीलाई उसले साङयोङको टिभोली र रेक्स्टनको प्लेटफर्ममा उत्पादन गरेर बिक्री थालेपनि बजारमा खासै सफल हुन सकेन । साथै साङयोङ ब्रान्डमै रेक्सटन, कोरान्डो, टिभोली र आर/स्पोर्टस जस्ता एसयुभी उत्पादन गरी बिश्व बजारमा बिक्री बितरण गर्दै आएको थियो ।

महिन्द्रासंगको साझेदारीले यी मोडलको बिक्रीमा सुधार ल्याउने अपेक्षा गरिएपनि त्यसको ठिक बिपरित बिक्री घट्दै गएको थियो । जसका कारण सन् २०२० मै कम्पनीले १०० अर्ब वोन दायित्व रहेको भन्दै कम्पनी टाटा पल्टेको घोषणा गरिएको थियो । कम्पनीले २०२१ मा मात्र सञ्चालन घाटा २ सय ३८ अर्ब वोन बेहोर्नुपरेको थियो ।

साङयोङमा गरेको ठूलो लगानी असफल भएपछि महिन्द्रालाई आफ्नै ब्रान्डमा थप लगानी जुटाउन समेत समस्या परेको थियो । जसका कारण उसले भारतीय बजारमा समेत आफ्नो बजार हिस्सा केहीमात्रामा गुमाउनु परेको थियो । निरन्तरको घाटा र यसले महिन्द्रा ब्रान्डको बिस्तारमै असर पार्ने देखेपछि उसले साङयोङबाट अलग हुने निर्णय लिएको हो ।

सम्बन्धित समाचारहरू

कुरिनटारमा खुल्यो महिन्द्राको थ्रीएस सुविधा सहितको नयाँ शोरुम

कुरिनटारमा खुल्यो महिन्द्राको थ्रीएस सुविधा सहितको नयाँ शोरुम

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले कुरिन्टारमा...

हवाईजहाजबाट प्रेरित महिन्द्राको नयाँ अटोरिक्सा, यस्तो छ मूल्य, फिचर र रेन्ज

हवाईजहाजबाट प्रेरित महिन्द्राको नयाँ अटोरिक्सा, यस्तो छ मूल्य, फिचर र रेन्ज

महिन्द्राले लास्ट माइल मोबिलिटी सेग्मेन्टलाई लक्षित गरी ‘उडो’...

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...