असफल भयो महिन्द्रा र साङयोङ बिचको साझेदारी, बिक्री भयो साङयोङको सबै स्वमित्व

महिन्द्रा एन्ड महिन्द्रा र कोरियन अटो मेकर साङयोङ बिचको साझेदारी अन्तत असफल भएको छ । सन् २०१० मा महिन्द्राले साङयोङको ७५ प्रतिशत सेयर खरिद गरेर प्रिमियम एसयुभी सेग्मेन्टमा बजार हिस्सा बढाउने अपेक्षा लिएको थियो । तर ११ बर्ष बित्दासमेत उक्त अपेक्षा पुरा हुन नसकेको र उल्टै कम्पनी घाटामा गएको भन्दै महिन्द्राले आफ्नोसहित साङयोङको पूर्ण स्वमित्व अर्को कोरियाली कम्पनी इडिसन मोटर्सलाई २५ कारोड ४६ लाख ५० हजार डलरमा बिक्री गरेको छ ।

साङयोङसंगको साझेदारीमा महिन्द्राले एक्सयुभी ३०० र अलटुरस जी४ एसयुभी उत्पादन गरेको थियो । यी दुई एसयुभीलाई उसले साङयोङको टिभोली र रेक्स्टनको प्लेटफर्ममा उत्पादन गरेर बिक्री थालेपनि बजारमा खासै सफल हुन सकेन । साथै साङयोङ ब्रान्डमै रेक्सटन, कोरान्डो, टिभोली र आर/स्पोर्टस जस्ता एसयुभी उत्पादन गरी बिश्व बजारमा बिक्री बितरण गर्दै आएको थियो ।

महिन्द्रासंगको साझेदारीले यी मोडलको बिक्रीमा सुधार ल्याउने अपेक्षा गरिएपनि त्यसको ठिक बिपरित बिक्री घट्दै गएको थियो । जसका कारण सन् २०२० मै कम्पनीले १०० अर्ब वोन दायित्व रहेको भन्दै कम्पनी टाटा पल्टेको घोषणा गरिएको थियो । कम्पनीले २०२१ मा मात्र सञ्चालन घाटा २ सय ३८ अर्ब वोन बेहोर्नुपरेको थियो ।

साङयोङमा गरेको ठूलो लगानी असफल भएपछि महिन्द्रालाई आफ्नै ब्रान्डमा थप लगानी जुटाउन समेत समस्या परेको थियो । जसका कारण उसले भारतीय बजारमा समेत आफ्नो बजार हिस्सा केहीमात्रामा गुमाउनु परेको थियो । निरन्तरको घाटा र यसले महिन्द्रा ब्रान्डको बिस्तारमै असर पार्ने देखेपछि उसले साङयोङबाट अलग हुने निर्णय लिएको हो ।

सम्बन्धित समाचारहरू

फिचर लोडेड नयाँ जेनेरेसन महिन्द्रा स्कोर्पियो आउँदै

फिचर लोडेड नयाँ जेनेरेसन महिन्द्रा स्कोर्पियो आउँदै

महिन्द्राले नयाँ जेनेरेसन स्कोर्पियो बजारमा ल्याउने तयारी गरिरहेको छ ।...

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड...

महिन्द्राले अर्को इलेक्ट्रिक एसयूभी एक्सयूभी.ई९ चाँडै लन्च गर्ने

महिन्द्राले अर्को इलेक्ट्रिक एसयूभी एक्सयूभी.ई९ चाँडै लन्च गर्ने

महिन्द्राले भारतीय बजारका लागि नयाँ इलेक्ट्रिक भेइकल विकास गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...