महिन्द्राको स्पेयर पार्टस आउटलेट अब भोजपुरमा पनि

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वक्र्सले हालसालै आफ्नो डिलर मनराम मोटर्स तुम्लिङ्गटारको आउटलेट उद्घाटन सम्पन्न गरेको छ ।

यही मंसिर २७ गते सोमबारका दिन भएको सो आउटलेटको उद्घाटन सोही क्षेत्रकी उप–मेयर ममिता राई, भोजपुर जिल्लाका डिएसपी दिपक राज बराल, मनराम मोटर्स तुम्लिङ्गटारका निर्देशक देवेन्द्र घिमिरे र अग्नी समूहका प्रदेश म्यानेजरहरुले सामूहिक रुपमा गरेका हुन् ।

स्पेयर पार्टसको सहज बिक्री वितरण गर्ने उद्देश्यले सुरुवात भएको यस आउटलेटबाट सेल्स पनि गर्ने कार्य पहिलो दिनबाटै सुचारु भएको बताइएको छ । सोही क्रममा ट्रयाक्टर र बोलेरो एकएक युनिट पनि डेलिभरी गरिएको थियो ।

नेटवर्क विस्तार गर्दै तथा धेरैभन्दा धेरै ग्राहकहरुमाझ आफ्नो सेवाको पहुँच बढाउँदै अग्नी ग्रुपले आगामी दिनहरुमा सर्भिस, स्पेयर र सेल्सका विविध आउटलेटहरु देशका अन्य स्थानमा समेत बिस्तार गर्दै जाने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले नयाँ एक्सयूभी३०० फेसलिफ्ट मोडल ल्याउँदै, लन्च हुनु अघि सार्वजनिक

महिन्द्राले नयाँ एक्सयूभी३०० फेसलिफ्ट मोडल ल्याउँदै, लन्च हुनु अघि सार्वजनिक

महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ ।...

खुलासा : महिन्द्रा एक्सयूभी ७०० को टचस्क्रिनमै चल्ने छ फिल्म

खुलासा : महिन्द्रा एक्सयूभी ७०० को टचस्क्रिनमै चल्ने छ फिल्म

महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने तयारी गरेको नयाँ एसयूभीको नाम...

झापाको दमकमा खुल्यो महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम र सर्भिस सेन्टर

झापाको दमकमा खुल्यो महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम र सर्भिस सेन्टर

अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...