बाराको जीतपुर सिमरामा खुल्यो महिन्द्राको सर्भिस सेन्टर

बारा – महिन्द्रा फोर व्हीलरको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले हालै दक्षिणी नेपालको प्रदेश नं २ स्थित बारा जिल्लाको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।

कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटो वर्क्सको अधिकृत सुसज्जित डिलर हो ।

सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माद्वारा मंगलबार संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रमा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

“यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य बारा र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु¥याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पु¥याउने उद्देश्य रहेकोे छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको छ ।

यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थार लगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनमा समर्पित हुनेछ ।

सिमरा अटो जोन, जीतपुर सीमराका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो । यो सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पु¥याउने ग्राहकहरूको आशा पूरा गर्नेछ ।

कम्पनीका अनुसार यस क्षेत्रमा यो सर्भिस सेन्टरको स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई अझ प्रगाढ बढाउन मद्दत पुग्ने छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...