लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौं– महिन्द्राले आफ्नो विद्युतीय कारको बिक्रीमा एक प्रमुख माइलस्टोन हाँसिल गरेको छ । कार निर्माताले आफ्नो बोर्न इलेक्ट्रिक सेग्मेन्टको नेतृत्वमा ७ महिना भित्र ३० हजार भन्दा बढी विद्युतीय एसयुभी बिक्री गरेको छ ।
यो घोषणा महिन्द्राले एक्सईभी ९ एस ७ सटर विद्युतीय एसयुभीलाई लन्च गर्ने घोषणाका साथ आफ्नो बोर्न इलेक्ट्रिक लाइनअप विस्तार गर्न तयारी गरिरहेको बेला आएको हो ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै महिन्द्राले भनेको छ ‘यो भारतलाई असिमित विश्वास गर्नेहरु बाट सुरु भएको थियो र त्यो विश्वास केवल ७ महिनामा भारतीय सडकहरूमा ३० हजार भन्दा बढी महिन्द्रा ईभी बिक्री भएबाट प्रमाणित भएको छ ।’
कम्पनीले नयाँ बिद्युतिय एसयुभी एक्सईभी ९ एसलाई नोभेम्बर २७ मा लन्च गर्ने तयारी गरेको छ । सो नयाँ कार हालको एक्सईभी ९ई भन्दा माथि रहने अपेक्षा गरिएको छ । कार डुअल–मोटर अल ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुने अनमान गरिएको छ ।
नेपालमा किन गुमनाम ?
भारतिय बजारमा राम्रै बिक्री पाइरहेको महिन्द्रा ईभीले नेपाली बजारमा भने कुनै प्रभाव पार्न सकिरहेको छैन । गत साउनमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमार्फत लन्च गरिएका महिन्द्रा एक्सईभी ९ ई र बीई ६ अहिले गुमनामको अवस्थामा छ । कम्पनीले यसअघि ल्याएको एक्सयुभी ४०० ईभी ले समेत नेपाली ईभी पारखीको बिश्वास जित्न सकेन ।
चिनियाँ ब्रान्डको बढ्दो क्रेजका कारण भारतिय ब्रान्डका बिद्युतीय कारलाई बजार लिन कठिन परेसंगै महिन्द्राको नेपाली बजार प्रभावित बनेको सहजै अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...