लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
वर्ष २०२४ मा महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो सबैभन्दा धेरै बिक्री गरेको छ । पहिलोपटक वर्षमा ५ लाखभन्दा धेरै युनिट सवारीसाधन बिक्री गरेर नयाँ रेकर्ड बनाएको कम्पनीले स्कर्पियो मात्रै १ लाख ५४ हजार युनिट बिक्री गरेको हाृे ।
अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बजार बृद्धि गरेको महिन्द्राले वर्ष २०२४ मा कुल ५ लाख २८ हजार ४६० युनिट प्यासेन्जर कार बिक्री गरेको हो । जसमा स्कर्पियोको हिस्सा २८ प्रतिशत हाराहारी छ ।
बोलेरो ९३ हजार ८५० युनिट बिक्रीका साथ दोस्रो सबैभन्दा बढी बिक्रि हुने मोडल बनेको छ भने ८३ हजार ३९० युनिट सहति एक्सयुभी ७०० तेस्रो स्थानमा पर्यो ।
यसैगरी, एक्सयुभी३०० र एक्सयुभी थ्रीएक्सओ ७८ हजार ८२६ युनिट बिक्री हुँदा थार रक्स ६९ हजार ३५४ युनिट बिक्री भयो । एक्सयुभी ४०० ईभीको बिक्री भने जम्मा ७ हजार १८८ युनिटमा सिमित भएको कम्पनीले जनाएको छ ।
भारतिय बजारमा रेकर्ड ब्रेक बिक्री हाँसिल गरेपनि नेपालमा भने महिन्द्राको बिक्री घट्दो क्रममा छ । बिद्युतिय कारको माग बढ्दा नेपालमा महिन्द्रा लगायत अन्य कम्वसन गाडीको समेत बिक्री प्रभावित बनिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...