स्कर्पियो बन्यो महिन्द्राको सर्बाधिक बिक्री हुने मोडल, बन्यो नयाँ रेकर्ड

वर्ष २०२४ मा महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो सबैभन्दा धेरै बिक्री गरेको छ । पहिलोपटक वर्षमा ५ लाखभन्दा धेरै युनिट सवारीसाधन बिक्री गरेर नयाँ रेकर्ड बनाएको कम्पनीले स्कर्पियो मात्रै १ लाख ५४ हजार युनिट बिक्री गरेको हाृे ।

अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बजार बृद्धि गरेको महिन्द्राले वर्ष २०२४ मा कुल ५ लाख २८ हजार ४६० युनिट प्यासेन्जर कार बिक्री गरेको हो । जसमा स्कर्पियोको हिस्सा २८ प्रतिशत हाराहारी छ ।

बोलेरो ९३ हजार ८५० युनिट बिक्रीका साथ दोस्रो सबैभन्दा बढी बिक्रि हुने मोडल बनेको छ भने ८३ हजार ३९० युनिट सहति एक्सयुभी ७०० तेस्रो स्थानमा पर्यो ।

यसैगरी, एक्सयुभी३०० र एक्सयुभी थ्रीएक्सओ ७८ हजार ८२६ युनिट बिक्री हुँदा थार रक्स ६९ हजार ३५४ युनिट बिक्री भयो । एक्सयुभी ४०० ईभीको बिक्री भने जम्मा ७ हजार १८८ युनिटमा सिमित भएको कम्पनीले जनाएको छ ।

भारतिय बजारमा रेकर्ड ब्रेक बिक्री हाँसिल गरेपनि नेपालमा भने महिन्द्राको बिक्री घट्दो क्रममा छ । बिद्युतिय कारको माग बढ्दा नेपालमा महिन्द्रा लगायत अन्य कम्वसन गाडीको समेत बिक्री प्रभावित बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको आधिकारिक बितरक अग्नी ग्रुपले...

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनले सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ...

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...