लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले स्कर्पियो एनमा नयाँ फिचर थप्ने भएको छ । एसयूभीमा प्यानाराेिमक सनरुफ र लेभल २ एडासजस्ता फिचर अपग्रेड हुने जनाइएको छ । यी फिचर थप गरेर महिन्द्राले स्कर्पियो एनको नयाँ भेरिएन्ट लन्च गर्न लागेको हो ।
हाल स्कर्पियो एनको टप भेरिएन्टमा मात्रै सिंगल प्यानल सनरुफ उपलब्ध छ भने कुनैपनि भेरिएन्टमा लेभल २ एडास फिचर दिइएको छैन ।
रिपोर्टका अनुसार, स्कोर्पियो एनमा स्मार्ट पाइलट असिस्ट, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, लेन डिपार्चर वार्निङ, ट्राफिक साइन पहिचान र लेन किप असिस्ट लगायत अन्य थुप्रै सेफ्टि फिचर अपग्रेड गर्न लागिएको छ ।
स्कोर्पियो एन २.० लिटर टर्बो–पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ । फोर ह्विल ड्राइभ अप्सनमा समेत उपलब्ध यस एसयुभीमा ६–स्पीड म्यानुअल र ६–स्पीडकै अटोमेटिक ट्रान्समिनस पाउन सकिन्छ ।
स्कर्पियो एन नेपाली बजारमा समेत उपलब्ध एसयुभी हो । अग्नी ग्रुपले बिक्री गर्दै आएको यस एसयुभी नेपाली बजारमा कुल तीन भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ९० लाखदेखि १ करोड २४ लाख रुपैयाँसम्म पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...