यस्तो हुनेछ महिन्द्राले ल्याउने स्कोर्पियो एक्स पिकअप मोडल
महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो...
महिन्द्राले स्कोर्पियो क्लासिक लन्च गरेको छ । स्कोर्पियो क्लासिक २ भेरिएन्ट एस र एस११ मा लन्च गरिएको छ । महिन्द्रा स्कोर्पियो क्लासिक एसको मूल्य ११ लाख ९९ हजार र एस११ को मूल्य १५ लाख ४९ हजार भारु तोकिएको छ ।
महिन्द्रा स्कोर्पियो क्लासिकको पुरानो मोडलमा भन्दा नयाँ मोडलमा डिजाइन र मेकानिकल अपडेट गरिएको छ । यसमा अपडेटेड फ्रन्ट ग्रिल, पुनः डिजाइन गरिएको बोनेट र ट्विक गरिएका बम्पर उपलब्ध छ । यो कुल ५ रङगमा उपलब्ध छ ।
सो एसयूभीको इन्जिन अघिल्लो मोडलको तुलनामा ५५ किलो हलुका र १४ प्रतिशत बढी इन्धन क्षमता भएको कम्पनीले दाबी गरेको छ । सो इन्जिनले १३० बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।
२०२२ स्कोर्पियो क्लासिकमा एलईडी हेडलाइट, एलईडी डीआरएल र फगल्याम्प समावेश छ । यसमा १७ इन्चको अलोय ह्विल छ । साथै यसमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टु टोन बेज र कालो इन्टेरियर, ड्यासमा वुडन इन्सर्ट र आरामदायी सिट उपलब्ध छ ।
सेफ्टीका लागि स्कोर्पियो क्लासिकमा इन्जिन स्टार्ट÷स्टप, ईबीडीसहितको एबीएस, फ्रन्टमा २ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, क्रुज कन्ट्रोल जस्ता फिचर रहेको छ ।
महिन्द्रा एण्ड महिन्द्राले आफ्नो स्कोर्पियो क्लासिक मोडल भारतमा मात्र नभई भुटान, नेपाल, श्रीलंका, दक्षिण अफ्रिका जस्ता देशमा पनि बिक्री गर्ने योजना बनाएको छ । यी देशहरूमा महिन्द्राको स्कोर्पियो क्लासिक मोडल भारतबाट नै निर्यात गरिने छ ।
महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो...
काठमाडौं– महिन्द्राले हालै लन्च गरेको एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन...
भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको वुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...