महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक, नोभेम्बर २६ मा दुई मोडल लन्च हुँदै

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभीको पहिलो झलक सार्वजनिक गरेको छ । कम्पनीले सामाजिक सञ्जालमा २३ सेकेन्डको टिजर भिडियो जारी गर्दै चाँडै भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च हुने जानकारी दिएको छ । भिडियोमा एसयूभीको डिजाइन, विशेषता र लन्च मितिसमेत खुलाइएको छ।

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी महिन्द्रा बीई -याल-ई लन्च गर्न लागेको हो । सो एसयूभीमा कम्पनीका अन्य इलेक्ट्रिक मोडलसँग मेल खाने आधुनिक डिजाइन, उन्नत सुविधा र नयाँ प्रविधि समावेश गरिने अपेक्षा गरिएको छ ।

साथै महिन्द्राले स्क्रिम इलेक्ट्रिक नामक विशेष कार्यक्रम नोभेम्बर २६ मा आयोजना गर्दै दुईवटा इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्नेछ । सो कार्यक्रममा महिन्द्रा बीई -याल-ईसँगै महिन्द्रा एक्सईभी ९एस पनि प्रस्तुत गरिनेछ ।  यो कम्पनीको पहिलो इलेक्ट्रिक सात सिटर एसयूभी हुनेछ ।

महिन्द्राले हाल इलेक्ट्रिक सेग्मेन्टमा बीई६ र एक्सईभी ९ई मोडल उपलब्ध गराइरहेको छ । यी दुबै मोडलमा एड्भान्स फिचर समावेश गरिएकाे छ । अब नयाँ लन्चसँगै महिन्द्रा इलेक्ट्रिक एसयूभीको पोर्टफोलियो अझै विस्तार हुने र प्रतिस्पर्धा पनि बढ्ने देखिन्छ।

सम्बन्धित समाचारहरू

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

काठमाडौं–लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा...

नेपाली बजारमा पहिलोपटक भित्रियो बिद्युतीय ह्विल लोडर, यस्तो छ विशेषता

नेपाली बजारमा पहिलोपटक भित्रियो बिद्युतीय ह्विल लोडर, यस्तो छ विशेषता

काठमाडौं–पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले...

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

विद्युतीय गाडी प्रयोग गर्नु वा किन्नु अघि तपाईले जान्नुपर्ने पहिलो कुरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...