महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

काठमाडौं – महिन्द्रा गाडीको सर्भिसिङलाई छिटो छरितो र प्रभावकारी बनाउन बाफलमा ‘क्विक सर्भिस बे’ बिस्तार गरिएको छ । बाफलस्थित आधिकारिक सर्भिस सेन्टर ओम श्री बाराहीमा आजदेखि उक्त सेवा विस्तार गरिएको हो । महिन्द्रा गाडीको सर्भिस तथा स्पेयर पार्ट्स हेर्ने अग्नि ग्रुप अन्तर्गतको छुट्टै कम्पनी बालाजु अटो वर्क्सको आयोजनामा उक्त सर्भिस शुभारम्भ गरिएको कम्पनी स्रोतले बताएको छ । यसप्रकारको सेवालाई पछिल्लो समय कम्पनीले आफ्ना आधिकारिक सर्भिस सेन्टरहरुमा विस्तार गर्दै लगेको छ ।

छिटो सेवा लिन चाहने ग्राहकका लागि ९० मिनेटभित्र गाडी मर्मतसम्भारको काम सम्पन्न गरी डेलिभरी दिने उद्देश्य सहित कम्पनीले छुट्टै युनिटका रुपमा ‘क्विक सर्भिस बे’ सञ्चालन गर्दै आइरहेको छ । जसमा छुट्टै मेकानिक्स र उपकरणहरु उपलब्ध गराइन्छ । यसरी सेवा दिंदा ग्राहकले छिटो छरितो र प्रभावकारी सेवा पाउने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

कुपन्डोलमा महिन्द्राको नयाँ ‘ट्विन पीक’ २ एस सर्भिस सेन्टर

कुपन्डोलमा महिन्द्राको नयाँ ‘ट्विन पीक’ २ एस सर्भिस सेन्टर

काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप (...

अग्नी ग्रुपले ल्यायो महिन्द्रा ब्रान्डको नयाँ अटो रिक्सा, मूल्य ८ लाख ४० हजार

अग्नी ग्रुपले ल्यायो महिन्द्रा ब्रान्डको नयाँ अटो रिक्सा, मूल्य ८ लाख ४० हजार

महिन्द्रा प्यासेन्जर कारको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुप...

स्कोर्पियो एन बनेर आउँदै छ अब महिन्द्रा स्कर्पियो, बिग ड्याडी अफ एसयूभी बन्ने

स्कोर्पियो एन बनेर आउँदै छ अब महिन्द्रा स्कर्पियो, बिग ड्याडी अफ एसयूभी बन्ने

महिन्द्रा एण्ड महिन्द्राले सबैभन्दा लोकप्रिय एसयूभी स्कर्पियोको नेक्स्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...