टाटा गाडी किन्ने ग्राहकलाई एसबीआई बैंकले ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने
काठमाडौं – नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा...
सन् २०२५ महिन्द्रा एण्ड महिन्द्राका लागि ऐतिहासिक वर्ष बनेको छ। कम्पनीले पहिलो पटक एकै वर्षमा ६ लाखभन्दा बढी सवारी साधन बिक्री गर्दै नयाँ कीर्तिमान स्थापना गरेको छ। महिन्द्राले डिसेम्बर महिनामा मात्रै ५० हजार ९४६ एसयूभी बिक्री गर्न सफल भयो।
महिन्द्राको पोर्टफोलियोमा हाल विभिन्न सेगमेन्टका एसयूभीदेखि नयाँ पुस्ताका इलेक्ट्रिक सवारी साधन समावेश छ । कम्पनीले पेट्रोल, डिजेल र इलेक्ट्रिक विकल्पहरूलाई सन्तुलित रूपमा अघि बढाउदै आएको छ । सन् २०२५ मा महिन्द्राले टाटा मोटर्सलाई उछिन्दै दोस्रो स्थान हासिल गरेको छ भने टाटा तेस्रो स्थानमा झरेको छ। हुन्डाई चौथो स्थानमा रहेको छ।
बिक्रीको दृष्टिले हेर्दा, सन् २०२५ मा महिन्द्राले कुल ६ लाख २५ हजार ६०३ एसयूभी बिक्री गरेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ९७ हजार सवारी बढी हो । महिन्द्राको यो सफलतामा स्कोर्पियो एन र स्कोर्पियो क्लासिकको ठुलो योगदान रहेको छ । त्यसैगरी, थारले पनि बजारमा आफ्नो प्रभाव झनै मजबुत बनाएको छ। थारको बिक्रीमा ५५ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ।
कम्पनीका नयाँ इलेक्ट्रिक एसयूभीहरू बीई ६ र एक्सईभी ९ई ले पनि सकारात्मक प्रतिक्रिया पाएको छ । यी दुई मोडलले वर्षको पहिलो ११ महिनामा करिब ३८ हजार ८४१ युनिट बिक्री गर्दै कम्पनीको कुल बिक्रीमा करिब ७ प्रतिशत हिस्सा ओगटेको छ ।
काठमाडौं – नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा...
काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...
टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...