महिन्द्राको नयाँ लोगो आउँदै, एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग हुने

महिन्द्राले पछिल्लो समय बजारमा ल्याएको एसयूभी महिन्द्रा थार र बोलेरो नियो पश्चात आफ्नो लोगो समेत परिवर्तन गर्ने भएको छ । महिन्द्राले अब छिट्टै नै लन्च गर्ने तयारी गरिरहेको एसयूभी एक्सयूभी ७०० मा नयाँ लोगो हुने अनुमान गरिएको छ ।

यो भन्दा पहिले महिन्द्राको नयाँ लोगो समेत इन्टरनेटमा भाइरल बनेको छ । हाल महिन्द्राको लोगो अण्डाकार छ, जसमा तीन रेखा एक विन्दुमा मिल्छन् । तर अबको नयाँ लोगो भने साधारण अंग्रेजी अल्फाबेट एम जस्तो हुनेछ । हेर्दा साधारण लाग्ने यो लोगो अब प्रयोग हुने बताइएको छ ।

हालको लोगो सन् २००० मा तत्कालीन म्यानेजिङ डाइरेक्टरले कम्पनी पुनर्गठन गर्दा सार्वजनिक गरेका थिए ।

महिन्द्रा एक्सयूभी ७०० दमदार परफर्मेन्स र फिचरयुक्त गाडी हुनेछ । धेरै पटक यसको टिजर सार्वजनिक भइसकेको छ । यसमा नयाँ अटो बुस्टर हेडल्याम्प हुनेछ, जसलाई अँध्यारोमा ८० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउदा एक्स्ट्रा ब्राइटनेस उपलब्ध हुनेछ । त्यसैगरी यसमा प्यानोरामिक सनरुफ र पप आउट स्मार्ट डोर ह्यान्डल हुनेछ ।

हाल उपलब्ध एक्सयूभी ५०० को तुलनामा यो निकै नै शक्तिशाली हुनेछ । सो नयाँ एसयूभी पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । पेट्रोल इन्जिन भेरिएन्टमा २.० लिटर एमस्टालियोन टर्बो इन्जिन प्रयोग गरिएको छ । त्यसैगरी डिजेल इन्जिन भेरिएन्टमा २.२ लिटर डिजेल इन्जिन दिइएको छ । यी इन्जिनले क्रमशः १९० एचपी र १५० एचपी सम्मको अधिकतम पावर दिन्छन् । यी इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध हुनेछन् ।

यसको क्याबिनले ९९ प्रतिशत ब्याक्टेरिया र ९५ प्रतिशत भाइरस फिल्टर गर्ने बताइएको छ । स्मार्ट फिल्टर टेक्नोलोजी भएको यो क्याबिनका कारण यो निकै नै सुरक्षित क्याबिन भएको एसयूभी समेत हुनेछ ।

सम्बन्धित समाचारहरू

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

नेपाली बजारमा हिँजो सार्वजनिक गरिएको महिन्द्रा स्कर्पियो एनको मूल्य १...

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

महिन्द्राले अल न्यु एक्स्यूभी ७०० भोलि अर्थात अगस्त १४ मा लन्च गर्ने घोषणा...

एक्सयूभी–३०० को फेसलिफ्टमा पाइनेछ यी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

एक्सयूभी–३०० को फेसलिफ्टमा पाइनेछ यी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

काठमाडौं– महिन्द्राले आफ्नो लोकप्रिय सव फोर मिटर एसयूभी एक्सयुभी–३०० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...