लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
दुई नयाँ ईभीलाई हालै सार्बजनिक गरेर चर्चामा आएको महिन्द्राले आफ्नो पहिलो ईभी डेडिकेटेड प्लान्ट उद्घाटन गरेको छ ।
कम्पनीले पुणे नजिकैको चाकनमा ब्याट्री समेत उत्पादन गर्ने गरी सो नयाँ प्लान्ट खोलेको हो । नयाँ लान्टमा बीई ६ र एक्सईभी ९ई जस्ता ब्रान्डको ‘बोर्न इलेक्ट्रिक’ ईभी उत्पादन हुने जनाइएको छ ।
८८ हजार वर्ग मिटरमा फैलिएको सो प्लान्टमा ४ हजार ५०० करोड भारु लगानी गरिएको महिन्द्राले जनाएको छ । सो नयाँ परियोजना सन् २०२२ मै तय गरिएको योजना अनुसार अघि बढाइएको हो ।
जसअनुसार, सन् २०२७ सम्म १६ हजार कारोड भारु लागनी गरेर नयाँ पावरट्रेन, दुई वटा नयाँ ईभी मोडल, सफ्टवेयर तथा प्रबिधीहरु विकास गर्दै उत्पादन क्षमता बढाउने लक्ष्य राखिएको थियो ।
नयाँ प्लान्टमा पूर्ण स्वचालित प्रेस शप, एआई–संचालित बडी शप र रोबोटिक पेन्ट शप जस्ता सुबिधा उपलब्ध गराइएको छ । प्लान्टमा ५०० भन्दा बढी रोबोटले काम गर्ने उल्लेख गरिएको छ ।
महिन्द्राले संसारको सबैभन्दा कम्प्याक्ट ब्याट्री उत्पादन लाइनहरू स्थापना गरेको दाबी गरेको छ । यसले उद्योगले ४.० टेक सहित हिडन सेल टर्मिनल वेल्डिङ प्रयोग गरेर हाई पर्फमेन्स ब्याट्री उत्पादन गर्नेछ । प्लान्टमा रियल–वल्र्ड कन्डिसनमा गरिने परिक्षण सुबधा समेत उपलब्ध हुने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...