महिन्द्रको नयाँ ईभी एक्सयुभी ७०० जस्तै देखिने, लिक भयो विवरण

महिन्द्राले हालै गरेको ट्रेडमार्क फाइलिङले एक्सयूभी ७०० को विद्युतीय संस्करणलाई एक्सईभी ७ई भन्न सकिने सुझाव दिएको छ ।

हालै लन्च भएको एक्सईभी ९ई को नन् कुपे संस्करणका रुपमा लन्च हुने तय भएको सो एसयूभी एक्सयूभी ७०० जस्तै हुनेछ । पछिल्लो समय लिक भएको तस्विर अनुसार यसको समग्र डिजाइन एक्सयूभी ७०० जस्तै देखिएको छ भने बडीशेल समेत दुरुस्तै देखिन्छ । अगाडिको भाग महिन्द्राको शुद्ध–इलेक्ट्रिक लाइन–अपबाट प्रेरित छ ।

सो नयाँ ईभीमा एल आकारको एलईडी डिआरएल, भर्टिकल हेडल्याम्प राखिएको छभने ग्रिललाई नयाँ लोगो सहितको खाली फासियाले प्रतिस्थापन गरिएको छ । पछाडिको छेउमा एल आकारको टेललाइटहरू र केन्द्रमा कालो ट्रिमको साथ अझ परिचित डिजाइन छ । एक्सईभी ७ ईले प्यानोरामिक सनरुफ, पावर्ड टेलगेट, ब्ल्याक एलोय ह्वील र ओआरभीएम समेत पाउनेछ ।

सो नयाँ ईभीको ईन्टेरियरमा एक्सईभी ९ ईमा जस्तै ट्रिपल स्क्रिन लेआउट र २–स्पोक स्टेयरिङ ह्वील हुनेछ । साथै यसको दोस्रो रोमा क्याप्टेन सिटसहित थ्री रो सिट हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपालमा बिक्री शुरु नहुँदै १ लाख भारुसम्मले महंगो भयो स्कर्पियो एन

नेपालमा बिक्री शुरु नहुँदै १ लाख भारुसम्मले महंगो भयो स्कर्पियो एन

नेपाली बजारमा लामो समयदेखी प्रतिक्षा गरिँदै आएको महिन्द्रा स्कर्पियो एन १...

महिन्द्राद्वारा नेपालमा अल–न्यु स्कर्पियो–एनको अनावरण

महिन्द्राद्वारा नेपालमा अल–न्यु स्कर्पियो–एनको अनावरण

काठमाडौँ – महिन्द्राले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यु...

एक्सयूभी ‘थ्रीएक्सओ’ ले बनायो वुकिङमा नयाँ रेकर्ड, १ घण्टामै ५० हजार यूनिट वुक

एक्सयूभी ‘थ्रीएक्सओ’ ले बनायो वुकिङमा नयाँ रेकर्ड, १ घण्टामै ५० हजार यूनिट वुक

काठमाडौं–महिन्द्रा एक्सयुभी ३०० को फेसलिफ्ट भर्सन थ्रीएक्सओले भारतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...