सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना
सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै...
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले हालै दुई नयाँ ईभी लन्च गरेको छ । ईभी उत्पादनमा लामो अनुभव भएर पनि नयाँ प्रविधिलाई आत्मसात गर्न नसकेका कारण महिन्द्रा ईभी रेसमा पछि पर्दै आएको थियो । कम्पनीले दुई दशक अघिनै अष्ट्रियन कम्पनी रेभासँग सहकार्य गरेर ईभीको उत्पादन थालेको थियो । पछि यसलाई महिन्द्रा ईटुओ नाम दिएर बजारमा बिक्री गरियो । जुन हाल पनि नेपाली सडकमा गुडिरहेको देख्न सकिन्छ ।
विगत केही वर्षयता चिनियाँ अटो उत्पादक कम्पनीहरुले विद्युतीय कारको बजारलाई रकेटको गतिमा अघि बढाएपछि विश्वभरका अटो उत्पादक ईभी रेसमा होमिन थालिसकेका छन् । सोही मेसोमा महिन्द्राले पनि आफ्नो नयाँ ईभी एक्सईभी ९ई र बीई ६ई लन्च गरेको छ । यी ईभी मुख्यतः भारतीय बजारलाई केन्द्रित गरी उत्पादन गरिए पनि यसले विश्व अटो बजारमै तरंग पैदा गरिदिएको छ । हालसम्म कुनै पनि ईभी ब्रान्डले दिन नसकेको ब्याट्रीमा लाइफ टाइम वारेन्टी दिएर महिन्द्राले ईभी बजारमा नयाँ युद्ध छेडेको छ ।
कम्पनीले यी दुई ईभीमा उपलब्ध गराएको ५९ किलोवाट र ७९ किलोवाटसम्मको ब्याट्री प्याकमा लाइफ टाइम वारेन्टी सुविधा दिएको हो । एलएफपी केमिस्ट्री भएका यी ब्याट्रीले अल्ट्रा फास्ट चार्जिङ समेत सपोर्ट गर्ने र १७५ किलोवाट चार्जरको मद्दतले २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी गरिएको छ । यी वाहेक गाडीमा भएका विभिन्न विशेषता र लु्क्सका कारण गाडीको चर्चा चुलिएको छ ।
यस्तो छ मुल्य र विशेषता
महिन्द्राले बीई ६ई को शुरुवाती मूल्य १८ लाख ९० हजार र एक्सईभी ९ई को मूल्य २१ लाख ९० हजार भारु पर्ने जनाएको छ । यी दुवै इलेक्ट्रिक एसयूभीको डेलिभरी सन् २०२५ को फेब्रुअरीबाट सुरु हुनेछ ।
कम्पनीले यी दुबै एसयूभीमा आकर्षक लुक र डिजाइनका साथै भरिपूर्ण फिचरले सुसज्जित गरेको छ । एक्सईभी ९ई मा ४३ इन्चको ट्रिपल स्क्रिन सेटअप दिइएको छ, जसमा यात्रु, चालक र सेन्ट्रल इन्फोटेनमेन्ट प्रदान गरिएको छ । यसलाई एकसाथ सिङ्क गरी थिएटर मोडमा रूपान्तरण गर्न सकिन्छ । बीई ६ई मा १२.३ इन्चको ड्युअल स्क्रिन सेटअप दिइएको छ ।
सो एसयूभीमा ३६० डिग्री क्यामेरा, अटो एडजस्टिङ हेडअप डिस्प्ले भिजन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, मल्टिपल ड्राइभ मोड, कनेक्टेड कार फिचर, ६ एयरब्याग, १६ कलर विकल्पसहितको एम्बियन्ट लाइटिङ र एड्भान्स ड्राइभर असिस्टेन्ट समावेश छ ।
सो एसयूभी इङलो इलेक्ट्रिक ओरिजिन आर्किटेक्चरमा निर्माण गरिएको छ । एक्सईभी ९ई को लम्बाइ ४७८९ एमएम र ग्राउन्ड क्लियरेन्स २०७ एमएम छ । यसमा १९५ लिटरको फ्रन्ट स्पेस र ६६३ लिटरको बुट स्पेस रहेको छ । साथै बीई ६ई को लम्बाइ ४३७१ एमएम र ४५५ लिटर बुट स्पेस छ तथा फ्रन्टमा ४५ लिटर स्पेस रहेको छ ।
महिन्द्रा एक्सईभी ९ई मा स्लिक एरोडायनामिक कुपे एसयूभी डिजाइन दिइएको छ । यसमा बोल्ड त्रिकोणीय हेडल्याम्प सेटअप, फ्लेर्ड ह्विल आर्च, फराकिलो एलईडी लाइटबार र १९ इन्चको ह्विल छ । साथै बीई ६ईमा इन्टिग्रेटेड इन्भर्टेड एल आकारको डीआरएल, २० इन्च अलोय ह्विललगायत अन्य सुविधा छ । महिन्द्राका यी दुवै एसयूभीहरू निकै उत्कृष्ट, स्टाइलिस तथा फ्यूचरिस्टिक देखिन्छ ।
एक्सईभी ९ई र बीई ६ई को ५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपीको पावर उत्पादन गर्छ र ७९ किलोवाट ब्याट्री प्याकले २८६ एचपीको पावर र ३८० एमएमको टर्क जेनेरेट गर्छ । यी दुवै एसयूभीहरू ६.७ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ । बीई ६ई ले सिंगल चार्जमा ६८२ किलोमिटर र एक्सईभी ९ई ले सिंगल चार्जमा ६५६ किलोमिटर रेन्ज प्रदान गर्छ ।
कस्तो रहला नेपाली बजार
महिन्द्रा नेपाली बजारका लागि निकै पुरानो र परिचित ब्रान्ड हो । यसको स्कर्पियो लगायत एसयुभी र बोलेरो जस्ता पिकअप ट्रक नेपाली बजारमा सर्बाधिक रुचाइएको मोडलमा पर्छन् । कम्पनीको बिक्री पछिको सेवा समेत देशभर विस्तार भएको छ ।
कम्वसन गाडीमा जस्तै ईभीमा भने महिन्द्रालाई लोकप्रियता हासिल गर्न निकै कठिन हुने देखिन्छ । बजारमा अहिले चिनियाँ ब्रान्डका ईभीले एकछत्र बजार पाइरहेको छ भने भारतीय ब्रान्डकै अर्को ईभी टाटाले बजारमा कठिन प्रतिस्पर्धा गर्नुपरेको अवस्था छ ।
नेपाली बजारमा ईभीको स्वाद चखाउने ब्रान्ड नै महिन्द्रा हो । महिन्द्राका साना ईभी सडकमा गुडेको देख्दा रमाउनेहरु समेत अहिले प्रशस्तै छन् । तर पछिल्लो समयमा महिन्द्राले ती साना ईभीको उत्पादन नै बन्द ग¥यो ।
हाल नयाँ स्टाइल र अत्याधुनिक फिचरका साथ महिन्द्राका ईभी सार्वजनिक भएका छन् । भविष्यमा अवश्य पनि यी ईभी नेपाली बजारमा समेत उपलब्ध हुनेछन् ।
यद्यपि प्रतिस्पर्धी मुल्यका कारण नेपालमा मात्रै नभई विश्व बजारमै लोकप्रिय बन्दै गएको चिनियाँ ईभीको तुलनामा महिन्द्राका यी दुई ईभीले कस्तो उपस्थिति जनाउलान्, त्यो भने भविष्यले नै बताउने छ ।
सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै...
हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...
चिनियाँ अटोमोबाइल जायन्ट चांगानले यसै वर्ष आफ्नो न्यु इनर्जी ब्रान्ड दिपल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...